sujim advert

असी हजार जनसङ्ख्या लाभान्वित

    असार १६, २०७३

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

bidur tax consultancy services in nuwakot

बिदुर – शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको वरिपरिको क्षेत्रलाई मध्यवर्ती क्षेत्र घोषणा गरिएपछि असी हजार जनसङ्ख्या लाभान्वित हुने भएका छन् ।

नेपाल सरकारको निर्णयानुसार चैतमा राजपत्रमा सूचना प्रकाशन गरेपछि यस क्षेत्रलाई मध्यवर्ती क्षेत्र घोषणा गरिएको थियो । निकुञ्ज वरिपरिको ११८ किमी क्षेत्रफलको स्थान मध्यवर्ती क्षेत्रमा समेटिएकोे छ । हाल नेपालमा १३ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण क्षेत्रलाई मध्यवर्ती क्षेत्र घोषणा गरिएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका सूचना अधिकारी नारायण रूपाखेतीले मध्यवर्ती क्षेत्र राष्ट्रिय निकुञ्ज छेउमा जोडिएको वनबाट जनताले घाँस दाउरा लगायत सुविधा पाउने जानकारी दिनु भएको छ ।

ठूलो काठ दाउराको प्रयोग गर्नुपरे राष्ट्रिय निकुञ्जसँग र सानो काठका लागि मध्यवर्ती क्षेत्रको समितिले निर्णय गर्नुपर्ने हुन्छ । वर्षको एक पटक राष्ट्रिय निकुञ्जको घाँस दाउरा उपयोग व्यवस्थालाई खुला गर्ने र प्रति भारी दश रूपैया तिरेर प्रयोग गर्न पाइने भएकाले जनता लाभान्वित हुने भएका छन् ।

यस्तै निकुञ्जले आम्दानीको केही प्रतिशत स्थानीयवासीलाई संरक्षणमा सहयोग र्पुयाएबापत दिने समेत जनाएको छ । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रले काठमाडौं, नुवाकोट, धादिङ र सिन्धुपाल्चोकका सात नगरपालिका, १० गाविस र ५३ वडालाई समेटेको र त्यसबाट १४ हजार ५ सय ५८ घरधुरीका ७९ हजार ७७६ जनसङ्ख्या लाभान्वित हुने विभागले जनाएको छ ।

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top