sujim advert

अव साढे दुई घण्टामै केरूङ !

    असार १६, २०७३

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot

काठमाडौं – सरकारले काठमाडौंबाट नुवाकोटको छहरेबजारसम्म दुई लेनको सुरूङमार्ग निर्माण गर्ने भएको छ । सुरूङमार्ग निर्माणसँगै काठमाडौंबाट साढे दुई घण्टामै चीनको व्यापारिक नाका केरूङ पुग्न सकिनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सुरूङ मार्ग निर्माणसहित सडक विस्तार गर्नका लागि आवश्यक प्रक्रिया अघि बढाएको बताएका छन् । काठमाडौंबाट केरूङसम्मको सडक दूरी अब सय किलोमिटरभन्दा कम हुने गरी सरकारले सडक विस्तार गर्न लागेको हो । काठमाडौंको उत्तरी क्षेत्र सामाखुसी, टोखा हँुदै नुवाकोटको छहरे–त्रिशूली–बेत्रावती–मैलुङ्ग–रसुवागढी हुँदै चिनियाँ नाका केरूङसम्म पुग्न छोटो समयमै सकिने देखिएको छ ।

सरकारले सामाखुसीदेखि छहरे खोलासम्मको ३४.२ किमि सडक खण्डलाई डबल लेनसहित विकास गर्न लागेको हो । जसअन्तर्गत टोखादेखि नुवाकोटको छहरेसम्म ४.१७५ किमि लम्बाइको सुरूङ मार्ग निर्माणसमेत गरिने छ । हाल काठमाडौंबाट गल्छी–बेत्रावती–धुन्चे–स्याफ्रुबेसी–केरूङसम्मको लम्बाइ १ सय ६० किमि छ । तर अब उक्त मार्ग बनेपछि काठमाडौं–छहरे–बेत्राबती–मैलुङ्ग–स्याफ्रुबेसी हुँदै केरूङको दूरी सय किमिभन्दा कम हुनेछ ।

सुरूङ मार्ग भने चिनियाँ कम्पनीले निर्माण गरिदिने प्रस्ताव राखेको र प्राविधिक आफैं ल्याएर सुरूङमार्ग निर्माण गर्ने प्रस्ताव अघि सरेको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताएका छन् ।

सचिवस्तरीय निर्णयपछि मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव अर्जुनकुमार कार्कीले प्रधानमन्त्री केपी ओलीलाई उक्त बाटो, लम्बाइ र जान–आउन लाग्ने समयबारे जानकारी दिएका थिए । लगत्तै प्रधानमन्त्री ओलीले कामलाई अघि बढाउन निर्देशन दिए । सरकारले उक्त सडक र सुरूङ मार्गको निर्माण तयारी १८ महिना र ३६ महिना अवधिको राखेको छ ।

पूर्वसचिव तुलसीप्रसाद सिटौलाका अनुसार हाल काठमाडौंबाट गल्छी हँुदै त्रिशूली पुग्न ८० किमि लाग्छ भने सामाखुसी–टोखा हुँदै त्रिशूली ५२ किमिमै पुगिन्छ । यस हिसाबले टोखाबाट लैजाँदा बाटो अहिले नै २८ किमि नजिक पर्नेछ । यसमा पनि सुरूङ बनेपछि ५२ किमिबाट घटेर ४२ किमि मात्र हुनेछ । ‘सुरूङले मात्रै १० किमि दूरी घटाउने छ,’ सिटौलाले भने ।

अर्कोतर्फ हाल त्रिशूलीबाट केरूङ पुग्न ६८ किमि लाग्छ । यो बेत्रावती–धुन्चे–रसुवागढी हुँदै केरूङ पुग्ने मार्ग हो । सेनाले बेत्रावतीबाट त्रिशूलीको किनारै किनार मैलुङ्ग, हाकुबेसी हुँदै निर्माण गरिरहेको सडक पूरा भएपछि थप १५ किमि सहजै कम हुनेछ । ‘तल खोलाको किनारबाटै बाटो गएपछि अझ किमि घट्छ, बाटो पनि सहज हुन्छ,’ सिटौलाले भने, ‘५३ किमिमै त्रिशूलीबाट केरूङ पुग्न सकिन्छ ।’
सरकारले केरूङबाट रसुवा हुँदै काठमाडौं, पोखरा र लुम्बिनीसम्म रेल मार्ग अध्ययनको कामलाई पनि तिब्र बनाएको छ ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top