sujim bazar advert

आवास अनुदान सम्झौताका लागि वैंकहरू तोकियो

    असार १६, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर – सरकारले भुकम्पपीडितका लागि घर निर्माणको लागि उपलब्ध गराउन लागेको दुई लाख रूपैयाँ अनुदानका लागि जिल्लाका वैंकहरू तोकिएको छ ।

६१ गाविस र एक नगरपालिका रहेको नुवाकोटका ६५ हजार भुकम्प पीडितका लागि घर निर्माणको लागि अनुदान उपलब्ध गराउनका लागि जिल्लामा उपलब्ध वैंकहरूलाई कार्य क्षेत्र तोकी सिफारिस गरिएको हो । जिल्लास्तरीय सर्वपक्षीय वैठकले निर्णय गरी सिफारिस गरिएको वैंकहरूको अन्तिम नामावली भने पुर्ननिर्माण प्राधिकरणले स्वीकृति गर्ने जिविस नुवाकोटले जनाएको छ ।

भुकम्पपीडितको लागि सकेसम्म नजिकका वैंकहरूलाई वैंकिङ सेवा प्रदान गर्नका लागि १२ वटा वैंक मार्फत लाभग्राहीले प्राप्त गर्ने अनुदान उपलब्ध पहिलो किस्ता उपलब्ध गराउनका लागि पुर्ननिर्माण प्राधिकरणलाई सिफारिस गरिएको स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितले बताए । ‘सकेसम्म लाभग्राहीलाई नजिकै वैकिङ सेवा उपलब्ध गराउने प्रयास गरिएको छ पण्डितले भने– ‘अनुदान सम्झौतापछि प्राप्त भएका नामावलीको आधारमा वैंकहरूमा लाभग्राहीको खाता खोल्ने काम सुरू हुनेछ ।’

कृषि विकास, राष्ट्रिय वाणिज्य, नेपाल वैंकसहित हाम्रो विकास, देव विकास, एनवि, हिमालयन, प्रभु, रिलायवल, देव विकास, आइसिएफसी फाइनान्स, भिवोर विकास वैंकमार्फत जिल्लाका भुकम्पपीडितहरूको रकम अनुदान सम्झौता गर्नका लागि सिफारिस गरिएको हो ।

जिल्लाका राजनीतिक दलहरूले भने वैंकहरूले गाउँमै पुगेर सेवा दिनुपर्नेमा भुकम्पपीडित वैंक खोज्दै सदरमुकाम आउन नहुने धारणा राखेका थिए । जिल्लाका कतिपय गाविसका नागरिकहरू सदरमुकाम आउन दुई दिनसम्म लाग्ने भएकाले अनुदान सम्झौतापछि पहिलो किस्ता रकम गाउँमै उपलब्ध हुनुपर्ने नेकपा एमाले नुवाकोटका अध्यक्ष नारायण खतिवडाले बताए । ‘पीडितलाई वैंकहरूले गाउँमै सेवा प्रदान गर्नुपर्छ, खतिवडाले भने– ‘पीडितलाई विशेष समयम विशेष सेवा दिन सक्दैनन् भने ती वैंकहरूको के अर्थ रह्यो र ?’ नेपाली कांग्रेसका सचिव सुरेन्द्रराज अधिकारी पनि वैंकहरूलाई घुम्ती सेवा मार्फत भएपनि गाउँमै सेवा दिनुपर्ने धारणा राख्छन् । तर, जिल्लामा रहेका वैंकका शाखाहरूले भने गाउँमै वैकिङ सेवा उपलब्ध गराउन वैंकहरू सक्षम नभएको धारणा राखेका थिए । नुवकोटमा सरकारी र निजी वैंकका शाखाहरू मध्ये कृषि विकास वैंकको खरानीटार र ककनी शाखाले रकम सम्झौता नेटवर्किङ समस्या कारण नसक्ने बताएका थिए ।

सिफारिस गरिएका वैंकहरूमा कृषि विकास वैंकको छहरे र ढुंगे शाखाबाट लिखु, तलाखु, सुनखानी, भदु्रटार, तुप्चे, बर्सुन्चेत, विदुर नगरपालिका वडा नं. १, थानसिंगाविसका भुकम्पपीडितहरूको अनुदान प्राप्त हुने छ । वैंक खाता खुलेपछि सेवाग्राहीले आवश्यक कागजपत्र अनुदान प्रक्रिया अघि बढ्ने छ ।

हाम्रो विकास वैंकले सिक्रे, छाप, समुन्द्रादेवी, थानापति, विदुर ९ र कविलाश गाविस, राष्ट्रिय वाणिज्य वैंकको खरानीटार र विदुर शाखाबाट खरानीटार, रालुकादेवी, उर्लेनी,शिखरवेसी, घ्याङफेदी, राउतवेसी, गाउँखर्क, वेतिनी, बालकुमारी, ककनी र विदुर नगरपालिका वडा नं. ११ का भुकम्पपीडितले सेवा पाउने छन् ।

देवविकास वैंकले भाल्चे, दाङसिं र विदुर नगरपालिका वडा नं. ५, किम्ताङमा आइसिएफसी फाइनान्स, र विदुर वडा नं. ८, साल्मे, गेर्खु, र काहुले गाविसमा नेपाल वैंक लिमिटेड, बेलकोट गाविस र विदुर नगरपालिका वडा नं. १० का लागि नेपाल वंगलादेश वैंक, चाउथे, देउराली र विदुर नगरपालिका ४ का लागि प्रभु विकास वैंक, बुङताङ, ओखरपौवा, कुमरी र विदुर वडा नं. २ को लागि प्राइप कर्मशियल वैंक, मदानपुर र विदुर नगरपालिका वडा नं. ३ का लागि रिलायवल डेभलभमेन्ट बैंक, खानीगाउँ, सुर्यमति, चौघडा, गणेशस्थान, नर्जामण्डप, हल्देकालिका, गोस्याङ र विदुर ७ का लागि भिवोर विकास वैंक खानीगाउँ र खड्गभन्ज्याङबाट सेवा पाउने छन् । विदुर वडा नं. ६, फिकुरी र लच्याङ गाविसका लागि हिमालयन वैंकको बट्टार शाखाले सेवा प्रदान गर्ने गरी निर्णय गर्न पुर्ननिर्माण प्राधिकरणलाई सिफारिस गरिएको छ । यस अघि थप १६ वटा गाविसका लागि अनुदान उपलब्ध गराउनका लागि वैंकहरू तोकिसकेको पुर्ननिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय नुवाकोटले जनाएको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top