sujim advert

गोसाइँकुण्ड जाने पैदल मार्ग

    असार १६, २०७३

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

bidur tax consultancy services in nuwakot

धुन्चे – गोसाइँकुण्ड जाने पैदलयात्रीको सुविधाको लागि पैदलमार्ग निर्माणको कामलाई तिब्र बनाइएको छ । लाङटाङ्ग राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र सहयोग आयोजनाले स्याफ्रु गाविसको तिवारी खोला नदी किनारमा पैदल मार्ग निर्माण गर्न लागेको हो । मार्ग निर्माणसँगै गोसाइँकुण्ड जाने हजारौं तीर्थयात्री र पर्यटकलाई यात्रामा सहज हुनेछ ।

कुण्ड जाँदा उकालो लाग्ने प्रवेश द्वारमै भीर भएको र त्यहाँबाट हिँड्न असहज भएका कारण नदी किनारको कुनाबाट ग्याबिन तारको जालीमा ढुङ्गा भरी नयाँ पैदल मार्ग निर्माण गर्न लागिएको आयोजनाका कार्यक्रम संयोजक गौतम पौडेलले बताए । हालसम्म पदमार्गको ५० प्रतिशत काम पूरा भएको छ । पैदल मार्ग यही महीनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढेको पौडेलले बताए ।

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top