२०८१, १४ बैशाख शुक्रबार

बेलकोटमा पानीको समस्या

    असार १६ २०७३ १६:५४

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

बिदुर – बेलकोट गाविसका विभिन्न गाविसमा विभिन्न स्थानमा खानेपानीको समस्या भएको छ । बेलकोट गाविस– ५ मा पशु चौपायालाई खुवाउने पानीसमेत अभाव भएको बताएका छन् ।

वडा नं. ५ तल्लोतिगाउँमा रहेको ६० घर परिवारलाई पानीको अभाव भएपछि छिमेकी गाउँमा पशु चौपाया विक्रि गरेको कृष्णबहादुर तामाङ बताउँछन् । पानी अभावकै कारण भैसी विक्रि गरेको तामाङ बताउँछन् ।

भुकम्पले पानीको मुहान तल पु¥याएपछि स्थानीयहरुलाई समस्या भएको तामाङको भनाई छ । पिउने पानीकै लागि ३ घण्टासम्म पर जानुपर्ने अवस्था रहेको बेल्कोट गाउँ विकास समिति वडा नं. ५ कै जितेन्द्र तामाङको भनाई छ । भुकम्प गएपछि गाउँमा सुरु भएको पिउने पानीको हाहाकार अहिले सम्म नटेरे पछि स्थानीयले गाविसको कार्यालयलाई गुहारे पनि सुनुवाई नभएको उहाँ बताउनुहुन्छ । अहिले पिउने पानीको लागि तीन घण्टा हिड्नेहरुले दुई माना पानी ल्याउने गरेको तामाङ बताउँछन् ।

आफुहरु विकटमा रहेकोले पनि गाविसले नहेरेको र पिउने पानी नपाएर नै मर्न लागेको भन्दै कृष्णबहादुर तामाङले गुनासो गर्नुभएको छ ।

दैनिक गुजारका लागि समेत पानी नपाएकोले पटक पटक आफ्नो माग सम्वन्धित पक्षसम्म पु¥याउँदा पनि सुनुवाई नभएको उहाँको भनाई रहेको छ । बेलकोटको तल्लोतिगाउामा जस्तै नुवाकोट जिल्लाका थुप्रै गाउँ विकास समितिहरुमा भुकम्प पछि पिउने पानीको हाहाकार हुँदै आएको छ । मानिसका लागि आवश्यक न्युनतम पानीको समेत अभाव भएपछि अघिल्लो फागुन महिनामा नै बागेश्वरी गाउँ विकास समिति चोकतेका ५० भन्दा बढी किसानहरुले पनि पशु चौपाँया विक्री गरेका थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top