२०८१, १२ बैशाख बुधबार

जलविद्युत आयोजनाको कार्य तिब्र

    असार १६ २०७३ १६:५१

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

बिदुर – चिलिमे जलविद्युत् कम्पनीले निर्माण गरिरहेको सान्जेन र माथिल्लो सान्जेनको निर्माण कार्यले गति लिएको छ ।

भूकम्प र भारतको नाकाबन्दीका कारण समस्यामा परेको आयोजना पछिल्लो समयमा निर्माण कार्यलाई द्रुतरुपमा अघि बढाइएको हो । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेका अधिकांश आयोजना विवादको घेरामा फसिरहेको बेला चिलिमे कम्पनीका आयोजनाको काम अगाडि बढिरहेको हो ।

साञ्जेन आयोजनाका प्रमुख गिरिराज अधिकारीले आगामी असार भित्रै सान्जेनको काम लगभग ७० प्रतिशतको हाराहारीमा सम्पन्न हुने जानकारी दिनुभएको छ । हाल बाँधस्थलको निर्माण अगाडि बढिरहेको र सुरुङको काम पनि ६५ प्रतिशत सम्पन्न भएको उनले बताए ।

चिलिमे जलविद्युत् कम्पनीमार्फत हाल सान्जेन, तल्लो सान्जेन, रसुवागढी र मध्यभोटेकोसी जलविद्युत् आयोजना निर्माणको क्रममा रहेका छन् । कुल १४.८ मेगावाट क्षमताको सान्जेनलाई आगामी एक वर्ष्भित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भए पनि प्रसारण लाइनको अभावमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न समस्या हुने देखिएको छ ।

प्राधिकरणले निर्माण गर्ने भनेको चिलिमे हवको विषयमा हालसम्म कुनै पनि प्रक्रिया अगाडि बढ्न सकेको छैन । जग्गा प्राप्तिमा देखिएको समस्याका कारण प्राधिकरणले सन् २०२० सम्म पनि प्रसारण लाइन निर्माण सम्पन्न गर्न नसक्ने देखिएको छ । प्राधिकरणले जग्गा विवाद मिलाउन नसक्दा चिलिमे लगायत निर्माणाधीन अन्य आयोजना समेत मारमा पर्ने देखिएको छ । निर्माण स्थलमा भेटिनु भएका इन्जिनियर सुदनसिंह महतले भूकम्प र नाकाबन्दीले समस्या नल्याइदिएको भए आयोजना लगभग निर्माण सम्पन्न हुने चरणमा पुग्ने बताए । प्राधिकरणले हरेक पल्ट प्रसारण लाइन अगाडि बढाउने बताउँदै आए पनि त्यसतर्फ ध्यान नदिएका कारण आयोजना समस्यामा परेको छ ।

कुल ४२.५ मेगावाट क्षमताको तल्लो सान्जेनको हाल सुरुङमार्ग निर्माण जारी छ । करिब पाँच किलोमिटर सुरुङमध्ये हाल ७ ५४ मिटर सम्पन्न भएको छ । भारत र नेपाली निर्माण कम्पनीको संयुक्त उपक्रम एसइ डब्ल्यू एण्ड तुदी जेभीले तल्लो साञ्जेन निर्माण गरिरहेको छ । सान्जेन खोलामा सुपर साञ्जेन ७८ मेगावाट, सोमदाङ पाँच मेगावाट लगायत आयोजना निर्माणको चरणमा रहेका छन् ।

यस्तै महत्वपूर्ण ठानिएको लाङटाङ्ग राष्ट्रिय निकुञ्जको आधार इलाकामा पर्ने ३ सय ९० मेगावाट क्षमताको लाङटाङ्ग जलाशययुक्त आयोजनाको अनुमतिपत्र भने हाल विद्युत् विकास विभागले खारेज गरेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top