२०८१, १४ बैशाख शुक्रबार

भुकम्प पीडितद्वारा पुनः लगत संकलन गर्न माग

    असार १६ २०७३ १६:२७

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – गत वर्षको भुकम्पबाट क्षति भएका नुवाकोटका घरधनीहरुले अन्तिम पटकको सर्वेक्षणमा पनि आफ्नो नाम समावेश नभएपछि पुनः लगत संकलन गर्न माग गरेका छन् ।

पछिल्लो पटक इन्जिनियरहरुसहितले संकलन गरेको विवरण पनि त्रुटीपूर्ण र विवदास्पद भएपछि सरोकारवालाहरुले पुनः लगत संकलन गर्न माग गरेका हुन् । क्षतिग्रस्त घरधुरी लगत संकलन अभियानमा अनियमितता भएको भन्दै गेर्खु गाउँ विकास समितिका घर भत्किएका नागरिकहरुले सरोवारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।

घर बनाउनका लागि सरकारी अनुदान रकम दुई लाख रुपैयाँ पाउनेको सूचीमा गेर्खु गाउँ विकास समिति वडा नं. ३ को मात्रै ७५ घर धनीको नाम समावेश नभएको वडा नागरिक मञ्चले जनाएको छ । वडा नं. ३ को वडा नागरिक मञ्चका अध्यक्ष अपार बोहोराका अनुसार गाविसका सामाजिक परिचालक, गाउँ खटिएका ईन्जिनियरको हेलचेक्र्याइको कारण घर भत्किएकाहरुको नाम छुट भएको पीडितहरुले बताएका छन् ।

उनीहरुले जिल्ला दैवी प्रकोप उद्धार समितिको सचिवालय, जिल्ला विकास समिति, पुर्न निर्माण प्राधिकरणको कार्यालय र गेर्खु गाविसको कार्यालयमा संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका छन् । छुटेका घर भत्किएकाहरुलाई नसमेटिकन रकम सम्झौता कार्य नथाल्न पनि आग्रह गरिएको छ । नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले गेर्खु गाविसको दुई वटा वडामै झण्डै एकसय जनाको संख्यामा घर भत्किएकाहरु छुट भएको पाइएको बताए ढकालले यस विषयमा आवश्यक छानविन हुने बताए । स्थानीय नागरिकहरुको सहभागीतामा मात्रै वास्तबिक भुकम्प पीडित हो होईन भन्ने एकिन हुने भएकाले सबै नागरिकहरुलाई सहयोग गर्न आग्रह गरे ।

वडा नागरिक मञ्चको अध्यक्षतामा आज गाउँमा सम्पन्न भएको बैठकमा सहभागि भुकम्पले घर भत्किएका गेर्खुका नागरिकहरुले सामाजिक परिचालक करुणा तिवारी नेपाल र ईन्जिनियर दुसेन्त न्यौपानेलाई कारबाहीको माग गर्दै आफुहरुको नाम सूचीमा समावेश गर्न आग्रह गरेका छन् ।

भुकम्पका कारण आफ्नो परिवार गुमाएको र घरबार बिहिन भएर अस्थाई आवासमा बसोबास गरिरहेका रामकुमार बोगटीको पनी सुचीमा नाम समाबेस भएको छैन । गेर्खु गाविसका नागरिकहरुको गुनासोलाई सम्बोधन गर्नको लागी आगामि साता काठमाण्डौमा हुने पुनः निर्माण प्राधिकरणको उपक्षेत्रीय कार्यालय प्रमुखहरुको बैठकमा आबाज उठाउने पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय विदुरका प्रमुख नारायण सापकोटाले बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top