२०८१, ८ बैशाख शनिबार

इलाका प्रशासन स्थापनाको तयारी सामूहिक आवास निर्माण जिम्मा सेनालाई

    असार १६ २०७३ १६:२५

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – भुकम्पबाट प्रभावित नुवाकोटका ७ स्थानमा सामूहिक आवास निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ । जिल्ला दैवी प्रकोप उद्दार समितिको विहीवारको वैठकले जिल्लाको ७ स्थानमा सामूहिक आवास निर्माणको जिम्मा नेपाली सेनाको श्रीनाथ गण देवीघाटलाई दिने निर्णय गरेको हो । सहरी विकास मन्त्रालयमार्फत निर्माण हुन लागेको सामूहिक आवास निर्माणको जिम्मा समितिले नेपाली सेनालाई दिने निर्णय गरेको हो । नुवाकोटको ओखरपौवाको कागतीगाउँ, थानसिं गाविसको छहरेबजार आसपास, बेतिनी गाविसको झगरेफाँट दोभान वा राउतवेसी गाविसको मानेडाडाँ, शिखरवेसी गाविसको ठूलीखेत दुप्चेश्वर जाने बाटोमा, काहुले गाविसको वडा नंं ४ गुम्वुडाडाँ, बुधसिं गाविस वडा नं. ४ को चण्डी माविको पूरानो कम्पाउन्ड, बसुन्चेत गाविसको मेघाङचौरमा सामूहिक आवास निर्माण गर्न लागिएको हो ।

जिल्लाका वाँकी तीन स्थानमा सहरी विकास मन्त्रालय न्र्तगतको जिल्लास्तरीय कार्यक्रम समन्वय इकाईमार्फत सामूहिक आवास निर्माणको प्रक्रिया अघि बढिसकेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले बताए । ‘सहरी विकास मन्त्रालयको समन्वय काम अगाडि बढ्छ, प्रजिअ पोखरेलले भने– यस वापत प्राप्त हुने सबै रकम पनि सेनालाई दिइने छ ।’

नेपाली सेनाले निर्माण गर्ने सामूहिक आवास भवन निर्माणको लागि आवश्यक जग्गा पहिचानको लागि श्रीनाथ गणसहित भवन डिभिजन कार्यालय, र मालपोत कार्यालयको समन्वयमा अवलोलन र जाँच निरीक्षण गर्नेसमेत निर्णय गरेको छ । वैठकले विपद पूर्व तयारीको लागि गत वर्ष प्राप्त भएका सामाग्रीहरुको विवरण तयार पार्ने र आवश्यक पूर्वतयारी गर्नेसमेत निर्णय गरेको छ ।

यसैवीच नुवाकोटको सुन्दरादेवीको सातविसेमा इलाका प्रशासन कार्यालय स्थापना हुने भएको छ । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले दिनुभएको जानकारी अनुसार सातविसेमा क्षेत्र नं. २ को नजिकका गाविसहरुको सुविधाका लागि इलाका प्रशासन कार्यालय स्थापना हुन लागेको हो । इलाका प्रशासन कार्यालयबाट नागरिकतासहितका अन्य सेवा प्रदान हुने छ । इलाका प्रशासन कार्यालय स्थापनाको लागि भवनको खोजी भइरहेको बताउँदै प्रमुख जिल्ला अधिकारी पोखरेलले छिट्टै इलाका प्रशासन कार्यालयको स्थापना हुने बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top