sujim advert

जेसिसको हास्यव्यङ्ग्य

    असार १६, २०७३

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

bidur tax consultancy services in nuwakot

बिदुर – नुवाकोट जेसिसले महाभुकम्पबाट मानसिक समस्यामा रहेका मानिसहरुलाई मनोरञ्जन दिने उदेश्यले नुवाकोटमा हास्यव्यङ्ग्य कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममको नेपाली काँग्रेस नुवाकोटका सभापति एबं सांसद जगदिश्वर नरसिंह केसीले उद्घाटन गरेका थिए । कार्यक्रममा नेता केसीले जेसिस नुवाकोटले गरेको कार्यको चर्चा गर्नुभएको छ । उहाँले जेसिस नुवाकोटले सामाजिक क्षेत्रमा पु¥याएको योगदान अतुलनिय रहेको भन्दै यस्ता कार्यमा आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

कार्यक्रममा हास्य कालाकार मनोज गजुलेरले देशको समसामायिक राजनितिक अबस्थालाई आफ्नो कला मार्फत दर्शकलाई हसाएका थिए । कार्यक्रममा अन्य कलाकारहरु पहिलो पटक कर्बडहलमा आएको भन्दै चर्चित कलाकार मुला साग सुरेन्द्र केसी र पानवाला जोगिन्दर शीवशंकर रिजालले दर्शकहरुलाई हसाएका थिए ।

यस्तै अन्य कालाकार जादुगर माधब त्रिपाठी, र होचा कलाकार दिपेशले हसाएका थिए भने चर्चित गायीका मिलन अमात्यले आफ्नो प्रस्तुतीबाट दर्शकलाई नचाएका थिए ।

बिनासकामरी भुकम्पको पिडालाई केहि हद सम्म पनी कमगर्ने उदेश्यले हास्य ब्यङग्य यात्रा कार्यक्रमको आयोजना गरेको नुवाकोट जेसिसले जनाएको छ ।

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top