२०८१, १३ बैशाख बिहीबार

कक्षा कोठामा शिक्षक विद्यार्थीले मोवाइल लैजान नपाइने

    असार १६ २०७३ १३:४५

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोटको मदानपुर गाउँ विकास समिति वडा नं. १ ढाडेफेदीमा रहेको सुर्यमती उच्च माध्यामिक विद्यालयले कक्षा कोठामा मोवाइल लैजान प्रतिवन्ध लगाएको छ ।

बिहीबार सम्पन्न भएको ६० औं अभिभावक भेलाको निर्णय अनुसार पर्सी आइतवारबाट उक्त विद्यालयको कुनै पनि कक्षा कोठामा विद्यार्थी तथा शिक्षकले मोवाइल लैजान पाउने छैनन् । विद्यार्थीहरुको म्यासेज, फोटो, गेम र फोनमा अल्मलिन थालेपछि अभिभावक भेलाले यस्तो निर्णय गरेको हो ।

अभिभावक भेलामा विद्यालय व्यवस्थापन समितिका सदस्य शम्भु अधिकारीले पेश गरेकोे प्रस्ताव माथी छलफल गर्दै सुर्यमती उच्च माविका अभिभावकहरुले तत्कालै कार्यान्वय हुनेगरी उक्त निर्णय गरेको हो । अभिभावकहरुको निर्णय विरुद्ध विद्यार्थीले कक्षा कोठामा मोवाइल लगेमा प्रधानाध्यापकले जफत गरेर विद्यालय व्यवस्थापन समितिलाई बुझाउने निर्णय भएको छ । शिक्षकले पनि आफ्नो मोवाइल कक्षा कोठामा लैजान नपाउने भएका छन् । उनीहरुले आफ्नो मोवाइल कार्यालयमानै राख्नु पर्ने नियम बनेको छ ।

सुर्यमती उच्च माध्यामिक विद्यालय ढाँडेफेदीको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेशप्रसाद पाण्डेको अध्यक्षमा भएको अभिभावक भेलाले विभिन्न निर्णयहरु गरेको प्रधानाध्यापक अमृतमान गुरुवाचार्यले जानकारी दिनुभएको छ । उहाँका अनुसार विद्यालयका विभिन्न कक्षाको शुल्क अभिभावकहरुले सर्वसम्मत रुपमा पारित गरेका छन् । त्यसै गरी प्रधानाध्यापक गुरुवाचार्यले पेश गर्नुभएको ५८ लाख १३ लाख रुपैयाँको खर्च विवरणलाई अनुमोदन गर्दै आगामी आर्थिक वर्षका लागि एक करोड ५१ लाख ६४ हजार रुपैयाँको प्रस्तावित आयब्यय अभिभावकहरुले अनुमोदन गरेका छन् ।

अभिभावक भेलामा बोल्नुहुँदै अभिभावकहरु ऋषिराम सिलवाल, सीता पाण्डे, राजकुमार अधिकारी लगायतले महंगी बढेकोले विद्यार्थी शुल्क बढाई उपयुक्त रेहेको, विद्यार्थीको मनोभाव बुझि शिक्षकहरुले अध्यायन गर्नुपर्ने, दण्ड रहित कक्षा कोठाको अवधारणा आएपनि विद्यार्थीलाई कुनै सजाया दिइनु आवश्यक हुने सुझाव पेश गरेका थिए ।

मदानपुर गाउँ विकास समिति वडा नं. १ ढाँडेफेदीमा २०१३ सालमा स्थापना भएको सुर्यमती उच्च माध्यामिक विद्यालयमा मदानपुर, सुर्यमती र चतुरालेका साँढे तीन सय विद्यार्थीहरु पढिरहेका छन् । २०६३ सालमा माध्यामिक विद्यालय सञ्चालन भएको उक्त विद्यालयले २०६७ सालबाट उच्च शिक्षा दिन थालेको हो । कक्षा १२ सम्म पठनपाठन हुने सुर्यमती उच्चमाविमा अहिले शिक्षा र व्यवस्थापन संकायमा अध्यायन भइरहेको छ । १० जना दरवन्दी शिक्षक रहेको सुर्यमती उच्चमाविमा निजी तथा राहतबाट गरी १८ जना शिक्षक तथा कर्मचारीहरु रहेका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top