sujim advert

लाङटाङ्गमा पर्यटकहरुको भिड

    असार १६, २०७३

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot

विदुर, भूकम्पका कारण हिउँपहिरो गएसँगै ठप्प लाङटाङ्गको पर्यटनमा विस्तारै चहलपहल सुरु भएको छ । वैशाख १२ र २९ को भूकम्पले लाङटाङ्ग हिमाल हल्लाएर गाउँ नै सखाप परेको थियो ।

हिमपहिरोबाट बचेका स्थानीयवासीले पर्यटन क्षेत्रलाई फेरि पहिलेकै अवस्थामा फर्काउने जमर्को गरेका छन् । लाङटाङ्ग मध्यवर्ती क्षेत्र उपभोक्ता समिति र जिल्ला विकास समिति रसुवाको सहयोगमा गोरेटो बाटो बनाइएपछि फाट्टफुट्ट पर्यटक आउन थालेका छन् । अहिले लाङटाङ्ग घुम्न स्वदेशी र विदेशी गरी दैनिक १० जना जति पर्यटक आउने गरेका छन् ।

दुई साताअघि लाङटाङ्ग खोला किनार स्याफ्रुबेसीं (पैरे–दोभान–बेम्बो) रिम्चेसम्मको गोरेटो खोलिएको सुप्पा तामाङले बताए ।

पहिले स्याफ्रुबेसीबाट वृद्धिमको खाम्जिङ, सुर्का उकालो पैदल हिँड्दै शेर्पागाउँ हुँदै रिम्चेसम्म पुग्नु पथ्र्याे । बाटो खुलेसँगै दोभान र बेम्बोमा एकरएकवटा होटल खुलेका छन् । त्यसैगरी रिम्चे र लामाहोटल (चान्धम) मा पनि होटलहरू खुलेका छन् । सिन्धुम र क्यान्जिनमा अझ बढी होटल खुलेको पाल्साङले बताए ।

क्यान्जिनमा मात्रै ३० र ३५ वटा होटल सञ्चालनमा आएका छन् । होटल र स्थानीयवासीलाई चाहिने खाद्यान्न र निर्माण सामग्री खच्चडले ढुवानी गर्न थालेको छ ।

भूकम्पले लाङटाङ हिमाल हल्लिँदा गएको हिउँपहिरोमा परेर स्वदेशी र विदेशी गरी २ सय १० जनाको मृत्यु भएको थियो । त्यो हिउँपहिरामा परेर पुरिएकामध्ये अहिलेसम्म २९ जनाको मात्र कंकाल भेटिएको छ । ५३ जना अझै बेपत्ता छन् ।

बेपत्ताको सूचीमा लाङटाङ्ग राष्ट्रिय निकुन्ज सुरक्षार्थ खटिएका नारायण दल गणका १० जनासमेत छन् ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top