+
Search

ताजा अपडेट +

पपुलर +

२५ थान पिपिई र स्वास्थ्य सामग्री

gantavya group nepal shiva adhikari donate ppi and health material in lockdown
डबली खबर
६ साल अगाडी

विदुर – पर्यटन व्यवसायी शिव अधिकारीको संयोजनमा तारकेश्वर र म्यागङ गाउँपालिका क्षेत्रका सबै स्वास्थ्य संस्थाका लागि २५ थान व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) र स्वास्थ्य सामग्री पठाईएको छ ।

गन्तव्य नेपाल ग्रुपका अध्यक्ष समेत रहेका अधिकारीले आइतबार तारकेश्वरका आठवटै स्वास्थ्य केन्द्र अन्तर्गत सेवामा खटिने स्वास्थ्यकर्मी तथा एम्बुलेन्स चालकको सुरक्षाका लागि नौ थान पिपिई तथा एप्रोन सेटका साथ मास्क, साबुन, पन्जा लगायत सरसफाइका सामग्री गिरिजाप्रसाद कोइराला फाउन्डेसन गाउँपालिका कमिटीमार्फत् वितरण गर्ने गरी फाउन्डेसनका पालिका संयोजक निकेश अधिकारीलाई हस्तान्तरण गरेका छन् ।

यस्तै, म्यागङ गाउँपालिकाका ६ वटै वडामा सेवामा खटिने स्वास्थ्यकर्मी तथा एम्बुलेन्स चालकको सुरक्षाका लागि १० थान पिपिई तथा एप्रोन सेटका साथ सर्जिकल पन्जा लगायत स्वास्थ्य सामग्री पालिका अध्यक्ष आशा तामाङ मार्फत् वितरण गर्ने गरी नुवाकोट पठाइएको समाजसेवी अधिकारीले बताउनुभएको छ ।

खाद्यान्न राहत वितरण

छ साता लामो लकडाउनका कारण दैनिक जीविकोपार्जनमा समस्या खेपिरहेका ठमेल क्षेत्रका श्रमिक वर्गमा उनको नेतृत्वमा आज राहत स्वरूप १८० केजी चामल, दाल, तेल लगायत खाद्य सामग्री वितरण गरेको छ ।

अधिकारीले सामाजिक संजालमार्फत आफ्नो आग्रहलाई स्वीकार गरी मानवसेवाको अभियानमा साथ दिएका पासाङ ल्हामु गाउँपालिका वडा नं. ५ थमो निवासी सगरमाथा आरोही तथा समाजसेवी मिङ्‌मा शेर्पालाई विशेष धन्यवाद व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ