सम्पादकीय नोट: हामीले विद्यार्थीहरूका लेख शृंखला सुरू गरेका छौं। अभिभावकले आफ्ना बालबालिकाले नेपाली भाषामा लेखेका कथा, कविता, निबन्ध लगायत साहित्यिक/सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउन सकिनेछ, हामी प्रकाशित गर्नेछौं।

भेक्टर रिजाल
तिमीले देखायौ मलाई यस धर्तीको मुहार
सधैं हाँसी रहोस् तिम्रो त्यो अनुहार ।।१।।
चाहन्छिन उनी सन्तानको होस् हँसिलो मुहार
रमाउँछिन उनी सन्तानलाई भए सुख ।।२।।
तिमी हौं, एक सर्वश्रेष्ठ मानव
जन्म दियौं तिम्ले मानव होस् या दानव ।।३।।
तिम्रा लागि सबै हुन् एक, कोहि छैन भिन्न
परिवारको दु:खको, अगाडी तिम्रो मुटु हुन्छ खिन्न ।।४।।
तिमि हौं मेरो वर्षायामको छाता
तिमी हौं मेरो जन्मदाता ।।५।।
यदि तिमीले जिते, मैले हारे, भन्छौं आफ्नै हार
संधै हाँसीरहोस् तिम्रो त्यो अनुहार ।।६।।
तिमि विना यो संसार अधुरो छ
अधुरो मात्र होइन यो संसार एक मात्र कुरो छ ।।७।।
खुसी दिन सकूँ जीवनभरि तिमीलाई
तिम्रो आशिर्वाद संधै रहोस् हामीलाई ।।८।।
अँध्यारो यो जीवनमा, पुर्यायो मलाई उज्यालो पार
संधै हाँसी रहोस् तिम्रो त्यो अनुहार ।।९।।
-सूर्यज्योति एकेडेमी, कक्षा:९
(नेपालीमा लेखिएका र टाईपिङ भएका लेख मात्र प्रकाशन हुनेछन्)

प्रतिक्रिया