काठमाडौं । सरकारले लकडाउन ८ दिन थप गरेको छ । सोमबार मन्त्रिपरिषद्को बैठकले आगामी बैशाख ३ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
लकडाउनको अवधि दोस्रो पटक थपिएको हो । कोरोना भाइरस (कोभिड-१९)को दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत ११ बाट १८ गते बिहान छ बजेसम्मका लागि लकडाउन घोषणा गरेको थियो ।