+
Search

ताजा अपडेट +

पपुलर +

ट्याङ्की बनाउन जग्गा प्रदान

डबली खबर
९ साल अगाडी

नुवाकोटको विदुर नगरपालिका वडा नंं ९ सेरा खानेपानी उपभोक्ता समितिको लागि स्थानीय एक वृद्धाले निःशुल्क जग्गा दान गर्नु भएको छ ।

खानेपानी योजनाको लागि एक लाख २० हजार लिटर क्षमताको ट्यांकी निर्माणको लागि स्थानीय ७५ वर्षिया डोलकुमारी अधिकारीले ६ आना जग्गा निःशुल्क दान गरेकी हुन् । मालपोत कार्यालय नुवाकोटमा गएर अधिकारीले ६ लाख रुपैयाँ बराबरको सो जग्गा सेरा खानेपानी उपभोक्ता समितिको खानेपानी ट्यांकी निर्माणको लागि दान गर्नुभएको उपभोक्ता समितिका सचिव केदारप्रसाद रिजालले बताए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ