+
Search

ताजा अपडेट +

पपुलर +

सुर्यगढी गाउँपालिकामा बजार अनुगमन

market supervision in phalante suryagadhi rural municipality nuwakot
डबली खबर
६ साल अगाडी

फलाँटे । चाडपर्वको समयमा काला बजारी र महङ्गी नियन्त्रणको लागि सुर्यगढी गाउँपालिकामा बजार अनुगमन भएको छ ।

पहिलो चरणको अनुगमनमा मूल्य सूची टाँस गरि पारदर्शिता कायम गर्नुपर्ने, म्याद गुज्रेका समान नबेच्न र व्यवसाय दर्ता नगरी सञ्चालन नगर्न जनचेतना सहित अभिमुखीकरण कार्यक्रम गरिएको सुर्यगढी गाउँपालिका-३ का वडाध्यक्ष ऋषिबहादुर पौडेल जानकारी दिए ।

विशेष गरेर चाडवाडको अवसरमा अखाद्य वस्तु विक्रि हुने, अधिकतम मुल्य भन्दा बढी मुल्य लिने जस्ता क्रियाकलापबाट उपभोक्ता मारमा पर्ने गरेको यथार्थलाई मध्यनजर गर्दै बजार अनुगमन गरेको सुर्यगढी गाउँपालिका कार्यालयका प्रशासकीय अधिकृत उत्तम खतिवडाले बताए ।

त्यस्तै, बेल्कोटगढी नगरपालिकामा पनि बाघखोर क्षेत्रमा रहेका पसलहरुको अनुगमन गरेको छ ।

नगर उपप्रमुख कविता ढुंगानाको नेतृत्वको अनुगमन टोलीले मुल्यसूचि टाँस नगरेको, व्यवसाय दर्ता उल्लेख नभएको र म्याद सकिएको गएगुज्रेका अखाद्य वस्तुहरु भेटेको छ ।

पहिलो चरणको अनुगमन भएकोले त्यस्ता वस्तु बेचबिखन गर्ने व्यवसायीहरुलाई सचेत गराई उक्त वस्तु नष्ट गर्न निर्देशन दिंदै छोडिएको छ ।

हरेक बर्ष चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तिब्रता दिएपनि कारवाही भने फितलो हुने गरेको छ ।

डेङ्गी रोग सरसफाई तथा जनचेतना

यसैबीच फलाँटेमा समुदाय प्रहरीसँगको कार्यक्रम अन्तर्गत डेङ्गी रोग राेकथाम तथा नियन्त्रणका लागि सरसफाई तथा जनचेतना कार्यक्रम पनि भएको छ ।

सुर्यगढी गाउँपालिका, ईलाका प्रहरी, शिलादेवी युथ क्लब तथा सथानीयको सहभागितामा फलाँटे बजारहातामा सरसफाई तथा डेङ्गी रोग सम्बन्धि जनचेतना कार्यक्रम भएको छ । उक्त कार्यक्रममा लामखुट्टेबाट बच्ने, लार्भा नष्ट सम्बन्धि जानकारी गराएको समाजसेवी जीतबहादुर घलेले बताए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ