विदुर / नेपाल रेडक्रस सोसाइटी गेर्खुटार उपशाखाको सभापतिमा भेषबहादुर पाण्डे चयन भएको छ ।
विदुर नपा-१० का वडाध्यक्ष गणेश नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न गेर्खुटार उपशाखाको छैटौं अधिवेशनबाट पाण्डेको सभापतित्वमा दश सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
सदस्यहरुमा ऋषि प्रसाद प्याकुरेल, रामहरी पाण्डे, सुभाष पाण्डे, प्रविण प्याकुरेल, केशव प्याकुरेल, पर्वत डंगोल, निर्मला प्याकुरेल, भरत धमला र हरिप्रसाद प्याकुरेल रहेका छन् ।

प्रतिक्रिया