+
Search

ताजा अपडेट +

पपुलर +

सुन्तला टिपेपछि ध्यान दिनुपर्ने महत्वपूर्ण जानकारी

nara-bahadur-tamang-bungtang
डबली खबर
७ साल अगाडी

सुन्तलाका फलहरु टिपे पश्चात् नोक्सानी बढी नै नोक्सानी हुन्छन् ?

सुन्तलाका फलहरु कमला हुने भएकोले टिपाई, प्याकेजिङ्ग र ढुवानीको समयमा चोटपटक लागि बढी नोक्सानी हुन्छन् । औसतमा टिपाई पछि २०–२५ प्रतिशत फलहरु नोक्सान हुन्छन् ।

सुन्तलाका फलहरु कस्तो अवस्थामा टिप्नु उपयुक्त हुन्छ ?

लामो समय भण्डारण गर्न, गुणस्तरीय फल लिन र बजार भाऊ राम्रो पाउन फलहरु पूर्ण रुपमा परिपक्व भएपछि टिप्नु पर्दछ किनकी फल टिपी सकेपछि फलको गुणस्तरमा सुधार आउदैन । कम्तिमा ८% गुलियो पदार्थ र ०.८–१.० % अभिलोपन पसि सकेपछि फल टिप्नु पर्दछ ।

सुन्तलाका फलहरु ग्रेडिङ्ग गर्न जरुरी हुन्छ ?

एकनासका फलहरु एक ठाउँमा राख्दा भण्डारण गर्न, ढुवानी गर्न र बेचबिखन गर्न पनि सजिलो हुने हुदा गे्रडिङ्ग गर्नु नितान्त जरुरी हुन्छ । चोट लागेका, रोग कीरा लागेका र कलिाला फलहरु तुरुन्त हटाउनु पर्दछ । सुन्तलालाई साईजको आधारमा ए.बि. र सी गे्रडमा छुट्याउने प्रचलन छ ।

सुन्तला फललाई भण्डारण गर्ने प्रविधि के छ ?

सुन्तला फललाई बिजुली भएको र शीतभण्डार घर उपलब्ध भएको ठाउँमा शीतभण्डारमा र बिजुलीको सुविधा नभएको र उत्पादन स्थलमा सेलार स्टोरमा भण्डारण गरिन्छ ।

शीतभण्डारमा कति समयसम्म फल भण्डारण गर्न सकिन्छ ?

शीतभण्डारण लामो समयसम्म भण्डारण गर्ने व्यवसायिक प्रविधि हो । यसमा फललाई ६० से. तापक्रम र ९०–९५% सापेक्षित आद्र्रतामा ८–१० हप्तासम्म सुरक्षित राख्न सकिन्छ । -कृषि गुरु

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ