काठमाडौँ / नेपाली काँग्रेस–धनकुटा काठमाडौँ सम्पर्क समितिले आज आयोजना गरेको ‘बिपीको १०५औँ जन्मजयन्ती र काँग्रेसको संगठन ’ विषयक कार्यक्रममा डा मीनेन्द्र रिजालले बिपीको विचारलाई जनतामाझ पुर्याउनुपर्ने बताउनुभएको छ ।
नेता रिजालले राष्ट्रियता खतरामा परेको बेला बिपी कोइराला जनताका लागि राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल आएको स्मरण गर्नुभयो ।
काँग्रेस धनकुटा–काठमाडौँ सम्पर्क समितिका सभापति भीमबहादुर थापाले विधानअनुसार सबैलाई समेटेर अगाडि बढेमात्र काँग्रेसको संगठन बलियो हुने बताउनुभयो ।

प्रतिक्रिया