कातिक १३, नुवाकोट । विदुर नगरपालिका–४ स्थित शहरी स्वास्थ्य केन्द्रमा समुदायमा आधारित रोग निगरानी प्रणालीसम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ।
कार्यक्रममा स्वास्थ्य केन्द्रकी प्रमुख संगीता भण्डारी र नेपाल पब्लिक हेल्थ रिसर्च एण्ड डेभलपमेन्ट सेन्टर (पीएचआरडी) नेपालकी कार्यक्रम संयोजक रक्षा थापाले अनपेक्षित जनस्वास्थ्य घटना तथा रोगका लक्षणका बारेमा सहभागीलाई स्पष्ट जानकारी दिएका थिए ।
कार्यक्रममा समुदायस्तरबाटै रोगको निगरानीको प्रभावकारी विषयमा प्रशिक्षण दिईनुका साथै जनस्वास्थ्यसँग सम्बन्धित घटनाहरूबारे जानकारी दिईएको थियो ।
वडा अध्यक्ष निलमबाबु ढुङ्गेलले मानिस स्वस्थ भए मात्र समाज स्वस्थ हुने भएकोले विपद्को समयमा हुनसक्ने महामारीबाट सचेत रहन सबैलाई आग्रह गरे ।
वडा सदस्य छविलाल ओझाले समुदायमा हुने अनपेक्षित रोगको प्रतिकार्यमा जनप्रतिनिधि तथा सरोकारवालाहरू जानकार हुनुपर्ने बताए ।
कार्यक्रममा वडाका आमा समूह, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, प्रहरी तथा स्थानीय क्लबका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।