+
Search

ताजा अपडेट +

पपुलर +

बाढीपीडित सरोकार समिति गठन

डबली खबर
२६ मिनेट अगाडी

कात्तिक १०, नुवाकोट । बाढीपीडितका सरोकार सम्बोधन गर्न नुवाकोटमा ३३ सदस्यीय समिति गठन गरिएको छ।

विदुरमा बसेको बाढीपीडितहरूको भेलाले भोटेकोशी–त्रिशूली बाढीपीडित सरोकार समिति नुवाकोट गठन गर्ने निर्णय गरेको हो।

भेलाले सूर्यबहादुर कँडेललाई समितिको संयोजक चयन गरेको छ। उनको संयोजकत्वमा ३३ सदस्यीय समिति गठन गरिएको जनाइएको छ।

समितिले बाढीपीडितका समस्या र माग सम्बन्धित निकायसमक्ष पुर्‍याउने उद्देश्य राखेको भेलामा सहभागीहरूले बताएका छन्।

बाढीपीडितहरूले पुनर्वास र पुनर्निर्माणमा सरकारले ढिलाइ गरेको गुनासो गरेका छन्। उनीहरूका अनुसार यसले प्रभावित परिवारको समस्या समाधान हुन नसकेको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ