असोज २५, नुवाकोट । भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको लेदोसहित विनाशकारी बाढीबाट क्षतिग्रस्त नुवाकोटका दुई सहकारीलाई काठमाडौं नरदेवीस्थित एक सहकारी संस्थाले सहयोग गरेको छ।
जयकाली सहकारीले मातृभूमि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र साँघु बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई एक–एक थान कलर प्रिन्टर उपलब्ध गराएको जिल्ला सहकारी सङ्घ नुवाकोटका व्यवस्थापक रविन्द्रमान श्रेष्ठले जानकारी दिए ।
बाढीका कारण कार्यालय सामग्री नष्ट भएका दुई संस्थालाई नियमित कामकाज र सेवा प्रवाह सहज बनाउने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको छ।