+
Search

ताजा अपडेट +

पपुलर +

‘स्वास्थ्य श्री’ तोरीको तेल नेपाली बजारमा

डबली खबर
१ घण्टा अगाडी

काठमाडौं । शुद्धता, प्राकृतिक स्वाद र गुणस्तरलाई प्राथमिकता दिँदै रिलायबल नेपाल एग्रो लिमिटेडले उत्पादन गर्दै आएको ‘स्वास्थ्य श्री’ प्रिमियम फर्स्ट प्रेस्ड तोरीको तेल नेपाली बजारमा विस्तार हुँदै गएको छ।

बीमा, बैंकिङ तथा व्यावसायिक क्षेत्रमा अनुभवी व्यक्तिहरूको लगानीमा पब्लिक लिमिटेड कम्पनीका रूपमा स्थापना भएको रिलायबल नेपाल एग्रोले ‘गुणस्तरमा विश्वास, परिवारमा स्वास्थ्य’ भन्ने नारासहित ‘स्वास्थ्य श्री’ ब्रान्डको तोरीको तेल बजारमा ल्याएको हो।

नेपाली उपभोक्तालाई गुणस्तरीय तथा विश्वसनीय खाद्य उत्पादन उपलब्ध गराउने उद्देश्यले स्थापना भएको कम्पनीले चितवनको खैरहनीमा अत्याधुनिक प्रविधिसहितको तेल उत्पादन प्लान्ट सञ्चालन गर्दै आएको जनाएको छ। कम्पनीले तोरीको तेलसँगै कृषि उपजमा आधारित अन्य खाद्य सामग्रीसमेत उत्पादन गर्दै आएको छ।

कम्पनीका अनुसार ‘स्वास्थ्य श्री’ प्रिमियम फर्स्ट प्रेस्ड तोरीको तेल पहिलो प्रेसिङ एक्स्पेलर प्रक्रियाबाट उत्पादन गरिन्छ। यसका लागि गुणस्तरीय तोरीका दाना प्रयोग गरिने र पिनाबाट निस्किएको तेल नमिसाइने भएकाले तोरीको प्राकृतिक स्वाद, मौलिक सुगन्ध तथा प्राकृतिक गुण कायम रहने कम्पनीको दाबी छ।

उत्पादनमा कुनै प्रिजर्भेटिभ तथा रासायनिक पदार्थ नमिसाइने कम्पनीले जनाएको छ। आधुनिक उत्पादन तथा फिल्ट्रेसन प्रक्रियाबाट तयार गरिने भएकाले दैनिक खाना पकाउनेदेखि विभिन्न नेपाली परिकारमा प्रयोग गर्दा मौलिक स्वाद र सुगन्ध कायम राख्ने उद्देश्यले तेल उत्पादन गरिएको कम्पनीको भनाइ छ।

दैनिक खानपानमा प्रयोग हुने तेलको गुणस्तरप्रति उपभोक्ताको सचेतना बढ्दै गएको अवस्थामा प्राकृतिकता, शुद्धता र गुणस्तरलाई प्राथमिकतामा राखेर उत्पादन गरिएको कम्पनीले जनाएको छ।

रिलायबल नेपाल एग्रोले चितवनलाई तोरी उत्पादन, प्रशोधन तथा उपभोगका लागि उपयुक्त क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यसमेत लिएको छ। स्थानीय कृषि उत्पादनको विकास, कृषकको उत्पादनको सहज बजारीकरण तथा व्यावसायिक कृषिप्रति आकर्षण बढाउने उद्देश्यसहित कम्पनीले चितवनलाई आफ्नो उत्पादन केन्द्रका रूपमा अघि बढाएको जनाएको छ।

चितवनमा उत्पादित प्राकृतिक तथा शुद्ध तोरीको तेललाई देशभर पुर्‍याउँदै खैरहनीलाई नेपालकै भरपर्दो तेल उत्पादन केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन योजना कम्पनीले बनाएको छ।

‘स्वास्थ्य श्री’ तोरीको तेल हाल काठमाडौं उपत्यकाका भाटभटेनी, बिग मार्ट, मेट्रो मार्टलगायतका स्टोरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। त्यसैगरी चितवन, पोखरा, धनगढी, गोरखा, काठमाडौं, भक्तपुर र ललितपुरलगायत विभिन्न स्थानका किराना तथा खाद्यान्न पसलबाट समेत उत्पादन खरिद गर्न सकिने कम्पनीको भनाइ छ।

कम्पनीले ‘स्वास्थ्य श्री’ तेलका प्रमुख विशेषतामा पहिलो प्रेसिङ प्रविधिबाट उत्पादन, प्रिजर्भेटिभ तथा रासायनिक पदार्थको प्रयोग नगरिएको, तोरीको प्राकृतिक स्वाद र सुगन्ध कायम रहने, गुणस्तरीय तोरीका दाना प्रयोग तथा आधुनिक उत्पादन र फिल्ट्रेसन प्रक्रिया रहेको जनाएको छ।

नेपाली परिवारको दैनिक खानपानलाई लक्षित गरी उत्पादन गरिएको ‘स्वास्थ्य श्री’ ले प्राकृतिकता र गुणस्तरमा जोड दिँदै बजार विस्तार गरिरहेको कम्पनीको भनाइ छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ