+
Search

ताजा अपडेट +

पपुलर +

पञ्चकन्यामा निर्माण व्यवसायीद्वारा पहिरोपीडितलाई राहत रकम हस्तान्तरण

डबली खबर
१ घण्टा अगाडी

असोज २१, नुवाकोट । गत असोज ४ र ५ गते परेको भीषण वर्षाका कारण पञ्चकन्या गाउँपालिकाका विभिन्न वडामा भएको क्षतिप्रति संवेदनशील बन्दै स्थानीय निर्माण व्यवसायीहरूले सङ्कलन गरेको ६४ हजार १० रुपैँया राहत रकम गाउँपालिकालाई हस्तान्तरण गरेका छन्।

जिल्ला निर्माण व्यवसायी सङ्घका उपाध्यक्ष गणेश कार्कीको नेतृत्वमा गठित प्रतिनिधिमण्डलले गाउँपालिका उपाध्यक्ष बिमला केसी र प्रमुख प्रशासकीय अधिकृत हिराधन राईलाई उक्त रकम औपचारिक रूपमा हस्तान्तरण गरेको थियो।

गाउँपालिकाभित्र दर्ता भई संचालनमा रहेका सुपर पावर कन्स्ट्रक्सन, जि.के. कन्स्ट्रक्सन, कैलाशपती निर्माण सेवा, एच.बी. स्मार्ट इन्जिनियरिङ, कालीका निर्माण सेवा, सेतीदेवी कन्स्ट्रक्सन, सुवास कार्की (मंगला देवी), ओम साई राम (अनिल श्रेष्ठ), केदार पाण्डे (किसान एण्ड दृष्टि), जेडी लामिछाने कन्स्ट्रक्सन र कपलेश्वर निर्माण सेवालगायतका व्यवसायीहरूले स्वैच्छिक रूपमा सहयोग रकम सङ्कलन गरेका थिए।

सङ्कलित रकम बाढी तथा पीडित परिवारको पुनःस्थापना र राहतका लागि प्रयोग गरिने गाउँपालिकाले जनाएको छ।

विपद्को बेला स्थानीय व्यवसायीहरूले देखाएको यस्तो सहयोगले पीडित परिवारलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ