+
Search

ताजा अपडेट +

पपुलर +

बट्टारमा निःशुल्क स्वास्थ्य शिविर, २६० जनाले पाए विशेषज्ञ सेवा

डबली खबर
२ घण्टा अगाडी

असोज १९, नुवाकोट । लायन्स क्लब अफ काठमाडौं सामाखुशीको आयोजनामा विदुर नगरपालिका–४ बट्टार घण्टाघरस्थित शहरी स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर भएको छ।

टिचिङ अस्पताल र मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका विशेषज्ञ चिकित्सकहरूको टोलीले दिएको स्वास्थ्य शिविरमा महिला १७७ र पुरुष ८३ गरी जम्मा २६० जना सेवाग्राहीले विशेषज्ञ स्वास्थ्य सेवा लिएको लायन्स क्लब काठमाडौँ सामाखुसीका अध्यक्ष जागेश्वर यादवले जानकारी दिए ।

लायन्स क्लब अफ नुवाकोट क्यापिटलका अध्यक्ष सुबास श्रेष्ठका अनुसार शिविरमा ९९ जनाको ईसीजी जाँच, १३५ जनाको युरिन र ब्लड सुगर परीक्षणसहित विशेषज्ञ चिकित्सकहरूबाट स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श दिइएको छ ।

बाढीको प्रकोपमा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकहरूलाई स्थानीयस्तरमै विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको संस्थाले जनाएका छन्।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ