+
Search

ताजा अपडेट +

पपुलर +

बाढीपीडितलाई कपडा व्यवसायी महासङ्घको राहत वितरण, नुवाकोटका ९५ परिवार लाभान्वित

डबली खबर
१ घण्टा अगाडी

असोज १५, नुवाकोट । बाढीपीडित परिवारलाई सहायता पुर्‍याउने उद्देश्यका साथ नेपाल कपडा तथा सिलाइ व्यवसायी महासङ्घले राहत वितरण गरेको छ। महासङ्घले भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीका कारण विस्थापित र प्रभावित बनेका नागरिकलाई पाँचौँ चरण अन्तर्गत राहत वितरण कार्य गरेको जनाएको छ ।

महासङ्घका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठसहित प्रतिनिधिहरूको टोलीले विदुर नगरपालिकाका विभिन्न स्थानमा पुगेर कुल ९५ परिवारका चारसय ३९ जना बाढीपीडितहरूलाई प्रत्यक्ष भेटघाट गर्दै अत्यावश्यक तयारी पोसाकहरू हस्तान्तरण गरेका हुन् । बाढीबाट घरबारविहीन भएका तथा दैनिकी चलाउन असहज भएका हरूका लागि मौसम अनुकूलका तयारी कपडाहरू उपलब्ध गराइएको उनले बताए ।

Federation of Garment Entrepreneurs distributes relief to flood victims

राहत वितरण गर्दै महासङ्घका प्रतिनिधिहरू

महासङ्घ नुवाकोटका अध्यक्ष कमल नेपालीका अनुसार विदुर नगरपालिकाका दुई फरक बस्तीहरूमा पुगेर व्यवस्थित तरिकाले कपडा बाँडिएको छ । महासङ्घले विदुर नपाको पिपलटार क्षेत्रमा अस्थायी बसोबास गर्दै आईरहेका ४५ परिवारका कुल दुई सय ३९ जना र सिमचौर क्षेत्रका ५० परिवारका कुल दुई सय जना नागरिकहरू राहत प्रदान गरिएको उनले बताए ।

विपत्तिको समयमा मानवीय सहायताले बाढीपिडितमा ठूलो राहत र भरोसा जगाएको महासङ्घले जनाएका छन्। आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वलाई मध्यनजर गर्दै आगामी दिनहरूमा पनि यस्तै समस्यामा परेका नागरिकहरूलाई हातेमालो गर्दै सहयोगको हात अगाडि बढाउने महासङ्घको प्रतिबद्धता रहेको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ