+
Search

ताजा अपडेट +

पपुलर +

पिपलटारमा ५० अस्थायी टहरा बन्दै

डबली खबर
१ घण्टा अगाडी

असोज १५, नुवाकोट ।  रसुवा र नुवाकोटमा गएको बाढीका कारण घरबारविहीन भएका परिवारलाई विदुर नगरपालिका-५ पिपलटारमा ५० वटा अस्थायी टहरा निर्माण थालिएको छ।

नेकपा (एमाले) को संयोजनमा एमालेसम्वद्ध विभिन्न जनसंगठनका कार्यकर्ता र स्वयंसेवकहरू बिहीबारदेखि आफैं खटिएर टहरा बनाउन जुट्न थालेका हुन्।

पिपलटारस्थित करिब सात रोपनी जग्गामा नेसनल भोलेन्टियर फोर्स, जिफन्ट र लोकतान्त्रिक आदिवासी जनजाति महासंघका स्वयंसेवकहरूले संयुक्त रूपमा श्रमदान सुरु गरेका हुन्। बाढीले जायजेथा गुमाएर खुला आकाशमुनि बस्न बाध्य रसुवाका प्रभावितहरूलाई तत्कालका लागि सुरक्षित आश्रय दिने लक्ष्यका साथ यो अभियान थालिएको आयोजकहरूले बताएका छन्।

उक्त अभियानको अग्रपंक्तिमा खटिएको नेसनल भोलेन्टियर फोर्सका प्रमुख पुष्प श्रेष्ठका अनुसार फोर्सले विगत एक महिनादेखि यस क्षेत्रका विपद् प्रभावितहरूलाई निरन्तर सहयोग गर्दै आएको छ।

फोर्सले नुवाकोटको बटारमा बाढी प्रभावित र विपन्न नागरिकलाई दैनिक निःशुल्क खाना खुवाउँदै आएको छ भने क्षतिग्रस्त घरहरूबाट सामान निकालेर घरधनीलाई बुझाउने तथा लेदो र भग्नावशेष पन्छाउन स्थानीयलाई प्रत्यक्ष सहयोग पुर्‍याइरहेको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ