+
Search

ताजा अपडेट +

पपुलर +

बाढीपिडित तत्काल राहत र पुनरुत्थानका कार्यक्रम ल्याउनुपर्नेमा जोड: गीता अमात्य

डबली खबर
३ घण्टा अगाडी

असोज १४, नुवाकोट । नेपाल उद्योग वाणिज्य महासङ्घकी केन्द्रीय सदस्य गीता अमात्यले बाढीपिडित तत्काल राहत र पुनरुत्थानका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएकी छिन्।

भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो क्षति व्यहोरेका स्थानीय उद्योगी–व्यवसायीहरूको समस्या समाधानका लागि आयोजित सरोकारवालाहरूको बैठकमा उनले उक्त धारणा राखेकी हुन्। प्राकृतिक विपत्तिका कारण वर्षौंदेखि कमाएको सम्पत्ति र व्यवसाय क्षणभरमै स्वाहा भएका उद्यमीहरू अहिले वित्तीय संकटमा परेकाले राज्य तथा सम्बन्धित निकायले पुनरुत्थानका कार्यक्रममा जोड दिएकी हुन्।

बैठकमा विशेषगरी बाढीबाट व्यापार–व्यवसाय ध्वस्त भएका उद्यमीहरूलाई बैंकको किस्ता तथा ब्याज भुक्तानीमा छुट वा पुनर्तालिकीकरण, बिमा दाबीको छिटो र सरल भुक्तानी, तथा कर दाखिलामा राहत दिनुपर्ने माग उठाइएको छ।

उनलेले संकटको यो घडीमा निजी क्षेत्र, निजी बैंक तथा सरकारी निकायहरू मिलेर व्यवसायीहरूलाई पुनरुत्थानको वातावरण बनाइदिन आग्रह गरिन्।

“व्यवसायीहरू यतिबेला मानसिक र आर्थिक रूपमा निकै विचलित छन्, यस्तो बेला उनीहरूलाई थप कानुनी वा वित्तीय दबाब दिनुभन्दा कसरी पुनः स्थापित गर्ने भन्नेमा ध्यान जानु आवश्यक छ,” उनले भनिन्।

बैठकले बाढीपीडित व्यवसायीहरूको यथार्थ क्षति संकलन गरी थप राहत तथा सहुलियतका लागि माथिल्लो निकायमा पहल गर्ने निर्णयसमेत गरेको छ।

बैठकमा बाढीपीडित उद्योगी व्यवसायीहरूका साथै नुवाकोटका प्रमुख जिल्ला अधिकारी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, बिमा कम्पनीका अधिकारीहरू, आन्तरिक राजस्व कार्यालयका प्रतिनिधिलगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ