+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा रगत रित्तिएपछी रक्तदान

सुनील श्रेष्ठ
२ घण्टा अगाडी

असोज ११, बट्टार । भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीपछि करिब एक महिनापछी नुवाकोटमा खुलारूपमा आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको छ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटअन्तर्गत सञ्चालित रक्तसञ्चार केन्द्रको आयोजनामा बट्टारमा रक्तदानमा नौ जनाले रगत दान गरेका छन् ।

त्रिशूली अस्पतालमा उपचाररत बिरामीका लागि रगतको अभाव देखिएपछि रक्तसञ्चार केन्द्रले दाताहरूलाई फोनमार्फत् सम्पर्क गरी रक्तदानका लागि आह्वान गरिएको रक्तसञ्चार केन्द्रकी प्रमुख लक्ष्मी श्रेष्ठले जानकारी दिईन् ।

सामाजिक संजालमार्फत आह्वानपछि केही दाताहरूले रक्तदान गरेतापनि केन्द्रको भण्डारण पूर्ण रूपमा रित्तिएको छ। पछिल्लो एक महिनामा बाढीका कारण उत्पन्न परिस्थितिले गर्दा बिरामीहरूका लागि आवश्यक रगत आपूर्ति गर्न निकै धौ-धौ परिरहेको उनीले बताईन् ।

“उनीले खोलापारी त्रिशूली अस्पतालवरपरका दाताहरूबाट केही मात्रामा रगत सङ्कलन गरिए पनि त्यो अपर्याप्त रहेको छ”, उनले भनिन्।

बाढीका कारण मानिसहरूमा परेको मानसिक असरले गर्दा पनि रक्तदान कार्यक्रम सञ्चालन र रगत सङ्कलनमा थप जटिलता पैदा भएको उनको भनाइ छ।

कार्यक्रममा नुवाकोटमा सबैभन्दा धेरै पटक रक्तदान गरेका मछिन्द्रनरसिंह प्याकुरेलले सहजीकरण गरेका थिए । साथै उनले पनि रगत दान गरेका थिए ।

लेखकको बारेमा

सुनील श्रेष्ठ

ट्रेन्डिङ