+
Search

ताजा अपडेट +

पपुलर +

रेडक्रस आपत्कालीन क्लिनिकको उच्चस्तरीय टोलीद्वारा निरीक्षण

डबली खबर
७ घण्टा अगाडी

असोज ८, बट्टार । नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाद्वारा सञ्चालित रेडक्रस आपत्कालीन क्लिनिकको बिहीबार उच्चस्तरीयको टोलीले निरीक्षण तथा अनुगमन गरेको छ।

नुवाकोट आदर्श बहुमुखी क्याम्पस परिसरमा सञ्चालित उक्त क्लिनिकको भौतिक अवस्था, सेवा प्रवाह र आपत्कालीन व्यवस्थापनका विषयमा टोलीले प्रत्यक्ष जानकारी लिएको रेडक्रस सभापति हरि श्रेष्ठले जानकारी दिए ।

निरीक्षण टोलीमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर, पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा, आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेल, स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङ र प्रदेश सभासदस्य रमेशकुमार महत सहभागी थिए ।

त्यसैगरी, विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले पनि क्लिनिकको निरीक्षण गर्दै प्रवाह भइरहेको स्वास्थ्य सेवाको अवस्थाबारे जानकारी लिएका थिए ।

अनुगमनका क्रममा टोलीले आपत्कालीन अवस्थामा नागरिकलाई दिइने स्वास्थ्य सेवालाई थप प्रभावकारी, व्यवस्थित र सहज बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ