+
Search

ताजा अपडेट +

पपुलर +

प्रभावित नागरिकहरूसँग प्रत्यक्ष संवादमा वडाअध्यक्ष

डबली खबर
७ घण्टा अगाडी

भदौ ३१, बिदुर नगरपालिका–१ का वडा अध्यक्ष लेलिन रञ्जितले बाढी प्रभावित परिवारहरू बसिरहेको भैरुम माध्यमिक विद्यालय हात्तिगौंडास्थित होल्डिङ सेन्टरमा पुगेर उनीहरूसँग भेटघाट गरेका छन् ।

होल्डिङ सेन्टरमा पुगेर वडा अध्यक्ष रञ्जितले बाढीपीडितहरूको वर्तमान अवस्था, आवश्यकता तथा उनीहरूले भोगिरहेका समस्याबारे जानकारी लिएका हुन् । सो अवसरमा पीडितहरूले राखेका प्रश्न, जिज्ञासा र सुझावहरू सुन्नुका साथै सम्बन्धित विषयमा आफ्नो धारणा व्यक्त गरेका छन् ।

सो क्रममा राहत, पुनर्स्थापना तथा आवश्यक सेवासुविधासम्बन्धी विषयमा समेत छलफल भएको सहभागीहरूले जनाएका छन्।

प्रभावित परिवारहरूले आफूहरूले भोगिरहेका समस्या तथा आवश्यकताबारे जनप्रतिनिधिसमक्ष जानकारी गराएका थिए।

विपद्पछिको अवस्थामा प्रभावित नागरिकहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको अवस्था बुझ्ने उद्देश्यले उक्त भेटघाट कार्यक्रम आयोजना गरिएको जनाइएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ