+
Search

ताजा अपडेट +

पपुलर +

देवीघाटमा झोलुङ्गे पुल बन्ने

डबली खबर
१९ मिनेट अगाडी

भदौ ३०, नुवाकोट । भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीले क्षति भएको विदुर नगरपालिका-३ र ५ लाई जोड्ने गरी देवीघाटस्थित त्रिशूली नदीमा झोलुङ्गे पुल निर्माण हुने भएको छ।

पुल निर्माणको कार्य यसै साताभित्रै सुरु गर्ने तयारीमा रहेको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए । प्राविधिक सर्वेक्षण अनुसार त्रिशूली नदीमाथि निर्माण हुने झोलुङ्गे पुलको लम्बाइ करिब १९० मिटर रहने उनले बताए ।

पुल निर्माणका लागि विदुर नगरपालिका र काडुरी एग्रिकल्चरल एड एसोसिएसन (ब्रिटिस गोर्खाज नेपाल) बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

सम्झौता पत्रमा नगरप्रमुख श्रेष्ठ र निर्माणपक्षका विजयन्त शेरचनले हस्ताक्षर गरेका छन् ।

पुल निर्माण भएसँगै देवीघाट क्षेत्रका दुवै वडाका स्थानीयलाई आवतजावतमा ठूलो राहत पुग्नेछ।

विशेष गरी नदी वारपार गर्न सास्ती खेप्दै आएका स्थानीय, विद्यार्थी र व्यापारीहरूका लागि यो पुल निकै उपयोगी हुने विश्वास लिइएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ