+
Search

ताजा अपडेट +

पपुलर +

बाढीले अबरुद्ध खानेपानी वितरणमा सहजता

डबली खबर
१ घण्टा अगाडी

भदौ २७, नुवाकोट । भोटेकोशी-त्रिशूली नदीमा आएको भीषण बाढीले खानेपानीको मुख्य पाइपलाइन बगाएपछि खानेपानीमा वितरण समस्यामा परेका विदुरबासीले राहत पाएका छन्।

विदुर नगरपालिका वडा नं. २ र ४ लगायतका क्षेत्रमा उत्पन्न खानेपानी समस्या समाधानका लागि नगरपालिकाको विशेष सहजीकरणमा रिमालडाँडा मुहानको पानी विदुरस्थित ट्याङ्कीमा खसालिएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए ।

नगरपालिकाले विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई आवश्यक पर्ने नयाँ पाइपहरु तत्काल उपलब्ध गराएको थियो। त्यसपछि सशस्त्र प्रहरीको प्रत्यक्ष श्रमदान तथा प्राविधिक टोलीको निरन्तर खटाइबाट रिमालडाँडा मुहानको पानी धोबीखोला हुँदै विदुर ट्याङ्कीसम्म खसालिएको उपप्रमुख प्रभा बोगटीले जानकारी दिईन् ।

बाढीका कारण प्रभावित बनेका अन्य बस्तीहरूमा पनि खानेपानी सेवा छिटोभन्दा छिटो सुचारु गराउन नगरपालिकाले बजेट, आवश्यक सामग्री र समन्वयको पाटोलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ।

विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले पनि तादी नदीस्थित सम्पवेल आयोजनामार्फत र नगरका विभिन्न स्थानका मूलका पानी ट्यांकरबाट संकलन गर्दै खानेपानी वितरण गर्दै आईरहेको संस्थाका सचिव रघुनाथ रिमालले जानकारी दिए ।

नगरपालिकाले बाँकी रहेका क्षेत्रमा देखिएका खानेपानी लगायतका अन्य पूर्वाधार सम्बन्धी समस्याहरूलाई पनि क्रमशः समाधान गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।

लेखकको बारेमा

डबली खबर