+
Search

ताजा अपडेट +

पपुलर +

वर्डक्याम्प: ‘सोसल मिडिया फ्रेम’ सार्वजनिक

सुनील श्रेष्ठ
५ घण्टा अगाडी

भदौ २, नुवाकोट । काठमाडौँमा आगामी असोज २ र ३ गते आयोजना हुन गइरहेको ‘वर्डक्याम्प काठमाडौँ २०२६’ को उत्साहलाई थप उचाइमा पुर्‍याउन आयोजक समितिले विशेष ‘सोसल मिडिया फ्रेम‘ सार्वजनिक गरेको छ।

दुई दिने प्रविधि सम्मेलनमा सहभागी, वक्ता, आयोजक, स्वयंसेवक र प्रायोजकहरूलाई लक्षित गर्दै फरक-फरक भूमिका अनुसारका फ्रेमहरू तयार पारिएका छन्।

प्रविधिप्रेमी तथा वर्डप्रेस समुदायलाई एउटै छानामुनि जोड्ने उद्देश्यले ल्याइएको यो डिजिटल फ्रेम प्रयोग गर्न निकै सरल बनाइएको कार्यक्रम संयोजक रेगन खड्गीले बताए । प्रयोगकर्ताहरूले कुनै पनि डिजाइन ज्ञानविना नै केही सेकेन्डभित्र आफ्नो भूमिका अनुसारको ब्याज रोजेर सहजै फोटो अपलोड गरी फ्रेम तयार पार्न सक्ने उनले जानकारी दिए । यसका साथै सामाजिक सञ्जालमा सेयर गर्न सहज होस् भन्ने हेतुले आयोजकले पूर्व-तयारी गरिएका पोस्ट सेटहरूसमेत उपलब्ध रहेको उनले बताए ।

आयोजकका अनुसार यस्ता डिजिटल फ्रेमहरूले सहभागीहरूबीच आपसी सम्बन्ध बलियो बनाउनुका साथै वर्डक्याम्पबारे थप मानिसहरूलाई जानकारी दिन महत्त्वपूर्ण भूमिका खेल्छन्।

सहभागीहरूलाई आफ्नो फोटोसहितको फ्रेम सामाजिक सञ्जाल प्लेटफर्महरूमा #WCKTM ह्यासट्याग प्रयोग गरी पोस्ट गर्न र समुदायसँग जोडिन आह्वान गरिएको छ।

लेखकको बारेमा

सुनील श्रेष्ठ

ट्रेन्डिङ