साउन २८, नुवाकोट । शिवपुरी गाउँपालिका वडा नं. ५ स्थित शेराबगरमा दिउँसो करिब २ बजेतिर दुई मोटरसाइकल आपसमा ठक्कर खाएर दुर्घटना भएको छ।
पन्चकन्याबाट काठमाडौं जाँदै गरेको बा.प्र. ०२-००१ख ५३८३ नम्बरको सरकारी मोटरसाइकल र प्रदेश ३-०३-००१प १५६५ नम्बरको अर्को मोटरसाइकल एकआपसमा जुधिएका हुन्।
दुर्घटनामा पन्चकन्या गाउँपालिका वडा नं. ४ का अध्यक्ष सन्च तामाङकी चार वर्षीय नातिनी शर्मीला तामाङ र ६२ वर्षीय तामाङ घाइते भएका छन्।
तामाङको खुट्टा र हातमा चोट लागेको स्थानीय बताउँछन् ।
दुर्घटनामा परी शिवपुरी गाउँपालिका वडा नं. ५ का २६ वर्षीय सरोज थापा पनि घाइते भएका छन्।
घाइतेहरूलाई शिवपुरी आधारभूत अस्पतालमा प्राथमिक उपचारपछि ट्रमा सेन्टर रिफर गरिएको छ।