साउन २८, विदुर । राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटको आयोजनामा रक्तदान कार्यक्रम भएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा २१ जना स्वयंसेवी रक्तदाताले रगत दान गरेको पार्टी सभापति रामेश्वर गजुरेलले जानकारी दिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र नुवाकोटको प्राविधिक सहयोग रहेको थियो ।
कार्यक्रममा पार्टीका विभिन्न पदीय जिम्मेवारी सम्म्हालेका र कार्यकर्ताहरुले रगत दान गरेका थिए ।