+
Search

ताजा अपडेट +

पपुलर +

‘ग्लोबल नेक्स्ट जेन’ खाता सेवा सञ्चालनमा

logo of global ime bank
डबली खबर
५८ मिनेट अगाडी

काठमाडौं । ग्लोबल आइएमई बैंकले युवालाई लक्षित गर्दै ‘ग्लोबल नेक्स्ट जेन खाता सेवा सञ्चालनमा ल्याएको छ। यस योजनाअन्तर्गत राष्ट्रिय परिचयपत्र वा राहदानी भएका सेवाग्राहीले बैंक शाखामा नगई अनलाइनमार्फतनै खाता खोल्न सक्नेछन्।

बैंकका अनुसार ग्राहकले आफैं आवेदन दिएपछि खाता तत्काल सञ्चालनमा आउने व्यवस्था गरिएको छ। साथै, घरबाटै मोबाइल बैंकिङ सेवा पनि सक्रिय गर्न सकिनेछ।

यस खातामा पहिलो वर्ष मोबाइल बैंकिङ सेवाको कुनै शुल्क लाग्ने छैन भने न्यूनतम मौज्दात शून्य रुपैयाँ राखिएको छ। बैंकले यस खातामा आकर्षक ब्याजदर पनि उपलब्ध गराउने जनाएको छ।

डिजिटल बैंकिङ सेवाको विस्तारसँगै ग्राहकलाई सहज, छिटो र झन्झटमुक्त बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले यो योजना ल्याइएको बैंकले जनाएको छ।

 

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ