+
Search

ताजा अपडेट +

पपुलर +

सेन्चुरी चाउचाउ बजारमा

डबली खबर
५७ मिनेट अगाडी

असोज २१, काठमाडौं । सेन्चुरी ग्रुपअन्तर्गतको सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले नेपाली उपभोक्तालाई लक्षित गर्दै सेन्चुरी चाउचाउको बजारमा ल्याएको छ ।

लामो समयदेखि मसला तथा स्न्याक्स उत्पादनमार्फत आफ्नो छुट्टै पहिचान बनाएको सेन्चुरी ब्रान्डले अब तयारी चाउचाउको बजारमा पनि उपस्थितिलाई थप सशक्त बनाउने रणनीति अघि सारेको हो ।

कम्पनीका अनुसार नेपाली उपभोक्ताको स्वाद, रुचि र बदलिँदो जीवनशैलीलाई ध्यानमा राखेर नयाँ स्वादको नडल्स विकास गरिएको हो ।

व्यस्त जीवनशैलीका कारण छिटो र सहज रूपमा तयार हुने खाद्य पदार्थको माग बढिरहेका बेला गुणस्तरीय तथा फरक स्वादको उत्पादन उपलब्ध गराउने उद्देश्यले नयाँ चाउचाउ बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ