+
Search

ताजा अपडेट +

पपुलर +

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

crime nepal dabali khabar
डबली खबर
९ घण्टा अगाडी

साउन १५, नुवाकोट । लागूऔषध मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका नुवाकोट बिदुर नगरपालिका वडा नं. ९ का ३५ वर्षीय सन्तोष सार्कीलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटको विशेष प्रहरी टोलीले पक्राउ गरेको छ।

अदालतले गत २०८२ चैत ९ गते सार्कीलाई लागू औषध मुद्दामा दोषी ठहर गर्दै २ महिना कैद र दुई हजार रुपैँया जरिवानाको फैसला सुनाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सह-सूचना अधिकारी प्रहरी निरीक्षक बीर बहादुर बुढाऐरले जानकारी दिए।

फैसला कार्यान्वयनका क्रममा फरार रहेका उनलाई प्रहरीले यही साउन १४ गते खोजतलास गरी नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ परेकै दिन उनलाई जिल्ला अदालतमा पेश गरिएकामा अदालतको आदेश अनुसार तोकिएको कैद भुक्तानका लागि नुवाकोट कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ