+
Search

ताजा अपडेट +

पपुलर +

‘विदुर कोरा’ साउन २ गते

bidur kora26
सुनील श्रेष्ठ
१२ मिनेट अगाडी

असार २६, नुवाकोट । “खेल, स्वास्थ्य र पर्यावरण”लाई मुख्य टेवा पुर्‍याउने पवित्र उद्देश्यका साथ नुवाकोटको विदुर नगरपालिकामा यस वर्ष पनि ‘विदुर कोरा २६’ आयोजना हुने भएको छ।

विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठका अनुसार गत वर्षदेखि उत्साहजनक रूपमा सुरु भएको यो दीगो र पर्यावरणमैत्री अभियानलाई निरन्तरता दिँदै यस वर्ष पनि नगरपालिकाकै मुख्य आयोजनामा यही साउन २ गते शनिबार सञ्चालन हुन लागिरहेको हो।

स्थानीयस्तरमा खेलकुद र पर्यापर्यटनको प्रवर्द्धन गर्ने हेतुले सुरु गरिएको यस प्रतिस्पर्धाले नगरवासी तथा देशैभरिका साइकलप्रेमीहरूमा एक किसिमको नयाँ ऊर्जा थपेको बताउँदै उनले भने “जसले गर्दा यसपटकको संस्करण झनै विशेष र थप व्यवस्थित हुने अपेक्षा गरिएको छ। यो साइकल यात्रा मात्र नभएर समाज रूपान्तरणको एउटा बलियो आन्दोलन र समुदायलाई जोड्ने कडी पनि रहेको छ।”

‘कोरा २०२६’ ले आफ्नो सम्पूर्ण ऊर्जा र ध्यान सर्लाही जिल्लाको एउटा ग्रामीण गाउँमा सञ्चालित ‘प्रोजेक्ट एडुकिक’ लाई सहयोग गर्न केन्द्रित गरेको विदुर कोरामध्येका एक संयोजक सुमन श्रेष्ठले जानकारी दिए । ‘वान मोर लाइट’ नामक संस्थाको उदाहरणीय पहलमा सुरु भएको यो परियोजनाले ग्रामीण क्षेत्रका करिब ४०० जना विपन्न बालबालिकाहरूको जीवनमा निकै शक्तिशाली र सकारात्मक परिवर्तन ल्याइरहेको छ। विद्यालयलाई एउटा यस्तो सुन्दर र आकर्षणको केन्द्र बनाउने यसको मुख्य उदेश्य रहेको उनले बताए ।

कोरा साइक्लिङ च्यालेन्ज २०११ मा नेपालमा जिम्मेवार पर्यटनको अग्रणी सोसियल टुर्सद्वारा सुरु गरिएको ग्रासरुट राइडको रूपमा सुरु भएको थियो।

यस वर्ष नेपालका विभिन्न ३६ वटा सहरहरूबाट साहसी साइकलयात्रीहरूको व्यापक सहभागिता रहने सुनिश्चित भएको छ। प्राप्त पछिल्लो विवरण अनुसार यस वृहत् खेल उत्सवमा कुल ५ हजार २६२ जना राइडरहरूले आफ्नो नाम दर्ता गराइसकेका छन् । जसमा ४ हजार ३१४ जना पुरुष र ९५७ जना महिला सहभागीहरू रहेका छन्।

साइक्लिङ च्यालेन्जले नेपालमा साहसिक खेलकुद र साइकल संस्कृतिप्रति महिला तथा पुरुष दुवैको आकर्षण कति तीव्र गतिमा बढिरहेको विदुर कोरा संयोजक कुमार श्रेष्ठले बताए ।

यस महाअभियानले खेलकुदको माध्यमबाट केवल शारीरिक तन्दुरुस्ती मात्र नभई सामाजिक उत्तरदायित्वलाई समेत गहिरोसँग जोडेको छ। यही सामाजिक भावनाकै कारण यसपटक कुल ५ लाख ३८ हजार ९ सय १० रुपैयाँ ३६ पैसा च्यारिटी रकम समेत संकलन भइसकेको छ । जुन रकमलाई विभिन्न परोपकारी तथा सामाजिक रूपान्तरणका कार्यहरूमा सदुपयोग गरिनेछ।

लेखकको बारेमा

सुनील श्रेष्ठ

ट्रेन्डिङ