असार १९, विदुर । उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटको आयोजनामा सीप विकास तालिम अन्तर्गत कफी सम्बन्धी १० दिने विशेष प्रशिक्षण भएको छ ।
गत असार १० गतेदेखि १८ गतेसम्म भएको तालिमले महिला १० र पुरुष १९ जना गरी कुल २९ स्थानीय युवाहरूलाई व्यावसायिक कफी बनाउने सीप प्रदान गरेको कार्यालयका प्रमुख सीताराम घिमिरेले जानकारी दिए ।
समापन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले यस्ता तालिमलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै प्रशिक्षणमा सहभागी सबैलाई बधाई ज्ञापन गरेका थिए ।
कार्यालय प्रमुख घिमिरेले सीप विकासले युवाहरूलाई आत्मनिर्भर बनाउने र स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना गर्ने बताए ।
सीपमूलक तालिमले नुवाकोट जिल्लामा पर्यटन र आतिथ्य क्षेत्रको विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया