+
Search

ताजा अपडेट +

पपुलर +

बागमतीको साक्षरता दर ८२.१ प्रतिशत

Government of Bagamati Province Office of the Chief Minister and Council of Ministers
डबली खबर
२ घण्टा अगाडी

असार ९, नुवाकोट । देशको साक्षरता दर ७६.२ प्रतिशत रहँदा बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत देखिएको छ ।

चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान हुँदा बागमती प्रदेशको ५.४० प्रतिशत रहने अनुमान गरिएको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बताए ।

देशको कुल गार्हस्थ्य उत्पादन ६६ खर्ब ९ करोड रुपैयाँमध्ये बागमती प्रदेशको हिस्सा ३६.७ प्रतिशत पुग्ने अनुमान गरिएको छ । जसको  २४ खर्ब २३ अरब रुपैयाँ हुन्छ।

त्यस्तै, मुलुकको प्रतिव्यक्ति आय एक हजार ५३५ अमेरिकी डलर रहँदा बागमती प्रदेशको प्रतिव्यक्ति आय सबै प्रदेशभन्दा बढी दुई हजार ६ सय ४४ अमेरिकी डलर रहने प्रक्षेपण गरिएको छ ।

मुलुकको निरपेक्ष गरिबी २०.२७ प्रतिशत र बहुआयामिक गरिबी १७.४ प्रतिशत रहेको छ ।

बागमतीमा निरपेक्ष गरिबी १२.५९ प्रतिशत र बहुआयामिक गरिबी ७.० प्रतिशत मात्र रहेको सरकारको आव २०८३/०८४ को बजेटमा छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ