असार १, विदुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटको अध्यक्षमा पत्रकार रामहरि गजुरेलले जिम्मेवारी सम्हालेका छन् ।
विगत दुई दशकदेखि पत्रकारितामा क्रियाशील गजुरेलले आगामी डेढ वर्षका लागि महासंघ जिल्ला शाखालाई हाँक्नेगरी आज सदरमुकाम विदुरस्थित कार्यालयमा पदभार लिएका हुन् ।
तीन वर्षे कार्यकालका लागि डेढ वर्षअघि भएको महासंघको निर्वाचनमा दुईवटा टिमबीच चुनावी प्रतिष्पर्धा भएकोमा अध्यक्षमा भने दुवै उम्मेद्वारको बराबर मत आएपछि विद्यानमा व्यवस्था भएअनुसार आधा/आधा कार्यकाल नेतृत्व गर्नेगरी बाँडफाँडको सहमति गरिएको थियो ।
जसअनुसार प्रतिष्पर्धी उम्मेद्वार नमराज सुवेदीको डेढ वर्ष पहिलो नेतृत्व अवधि समाप्ति भएसँगै गजुरेलले आफ्नो बाँकी समयको कार्यकालका लागि नेतृत्व सम्हालेका हुन् ।
गजुरेल अनलाईन पत्रिका संकल्प नेपालमा आबद्ध छन्।

प्रतिक्रिया