+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल उद्योग वाणिज्य संघ काठमाडौँको अभिमुखिकरण कार्यक्रम

Orientation program of Nepal Chamber of Commerce and Industry, Kathmandu
डबली खबर
२० मिनेट अगाडी

जेठ २५, नुवाकोट । नेपाल उद्योग वाणिज्य संघ काठमाडौँको आयोजनामा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य तथा आर्थिक विधेयक, कर, राजस्व, भन्सार, आर्थिक ऐन तथा ‘एमआरपी’ सम्बन्धी छलफल तथा अभिमुखिकरण कार्यक्रम भएको हो ।

कार्यक्रममा चार्टर्ड एकाउन्टेन्ट शेषमणि दाहालले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत प्रस्तावित कर तथा राजस्व नीतिहरू, भन्सार दरमा गरिएका परिवर्तनहरू, आर्थिक ऐनका प्रमुख व्यवस्थाहरू तथा एमआरपी सम्बन्धी प्रावधानहरूको विस्तृत प्रस्तुतीकरण गरेका थिए । उनले नयाँ व्यवस्थाहरूको प्रभाव, उद्योग तथा व्यवसाय क्षेत्रका लागि उत्पन्न अवसर र चुनौतीहरू तथा कार्यान्वयनका व्यवहारिक पक्षहरूबारे सहभागीहरूलाई जानकारी गराएका थिए ।

कार्यक्रममा आर्थिक विधेयक, २०८३ मा प्रस्तावित संशोधन तथा सुधारका विषयहरूबारे समेत विस्तृत छलफल गरिएको थियो ।

छलफलका क्रममा कर प्रणालीलाई थप सरल, पारदर्शी र व्यवसायमैत्री बनाउने उद्देश्यले कर प्रशासनको डिजिटलकरण, करदातामैत्री सेवा प्रवाह तथा कर विवाद समाधान प्रक्रियालाई सहज बनाउने व्यवस्थाहरू प्रस्तुत गरिएको थियो । साथै व्यवसाय दर्ता, सञ्चालन तथा खारेजी प्रक्रियालाई छरितो बनाउने, लगानीमैत्री वातावरण सुदृढ गर्ने तथा निजी क्षेत्रको सहभागिता अभिवृद्धि गर्ने विषयहरूमा समेत जोड दिइएको थियो ।

यसैगरी, कर छुट तथा सहुलियतका व्यवस्थाहरूलाई लक्षित समूहसम्म प्रभावकारी रूपमा पुर्‍याउने, अनावश्यक प्रशासनिक झन्झट घटाउने तथा राजस्व संकलन प्रणालीलाई आधुनिक प्रविधिमैत्री बनाउने विषयमा समेत छलफल गरिएको थियो ।

कार्यक्रममा उपस्थित उद्योगी, व्यवसायी तथा उद्यमीहरूले बजेटका विभिन्न पक्षहरूबारे जिज्ञासा राख्दै आफ्ना सुझाव तथा धारणा व्यक्त गरेका थिए । सहभागीहरूले व्यवसाय सञ्चालन, कर प्रशासन तथा भन्सार प्रक्रियासँग सम्बन्धित विषयहरूमा आवश्यक जानकारी प्राप्त गरेका थिए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ