जेठ २४, नुवाकोट । सम्पादक समाज नेपालको आयोजनामा फोटो पत्रकारहरुलाई लक्षित गरी आयोजित दुईदिने प्राथमिक उपचार सम्बन्धी तालिम भएको छ ।
शिवपुरी गाउँपालिकाको सुइरेचौरस्थित गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्रमा जेठ २३ र २४ गतेसम्म भएको तालिममा १० जना फोटो पत्रकारहरुले सहभागिता जनाएको नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाका सभापति श्यामकाजी डोटेलले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा तालिम समापनमा सहभागी पत्रकारहरुलाई शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलिया, सम्पादक समाज नेपालका उपाध्यक्ष जुनारबाबु श्रेष्ठ, नेरेसो जिल्ला शाखा सदस्य नवराज काफ्ले र समाजका संरक्षक किरण वैद्यले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
तालिमले फोटो पत्रकारहरुलाई कार्यक्षेत्रमा काम गर्दा हुने सम्भावित दुर्घटना तथा स्वास्थ्य समस्यामा तत्काल प्राथमिक उपचार गर्न सक्ने क्षमता विकास गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
सम्पादक समाज नेपालले पत्रकारहरुको क्षमता विकासका लागि यस्ता तालिमलाई निरन्तरता दिने समाजका उपाध्यक्ष श्रेष्ठले जानकारी दिए ।
तालिममा पत्रकारहरूलाई प्रयोगात्मक र सैद्धान्तिक दुवै विधिबाट प्राथमिक उपचारसम्बन्धी महत्त्वपूर्ण सीप र ज्ञान प्रदान गरिएको छ ।
प्रतिक्रिया