+
Search

ताजा अपडेट +

पपुलर +

रास्वपामा गजुरेलको नेतृत्वलाई निरन्तरता

rameshwar gajurel rashtriya swatantra party Nuwakot
सुनील श्रेष्ठ
१६ मिनेट अगाडी

जेठ २४, विदुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको प्रथम जिल्ला अधिवेशनको निर्वाचनबाट रामेश्वर गजुरेल सभापतिमा भारी मतकासाथ निर्वाचित भएका छन् ।

शनिबार भएको पार्टीको पहिलो अधिवेशनबाट कुल ३२५ मतमध्ये सभापति पदमा गजुरेल २५७ मतसहित विजयी भएका छन्। गजुरेल यसअघि पनि नेतृत्वमा रहिसकेका थिए र पुनः निर्वाचित भएसँगै कार्यकर्ताहरूले उनको नेतृत्वलाई निरन्तरता दिएका छन्।

सभापति पदका अन्य प्रत्यासी  राजु लामिछानेले २८ मत र शरण महतले ३७ मत प्राप्त गरे ।

पार्टीको उपसभापति पदमा कृष्णलाल श्रेष्ठ १७३ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी सुनिमा थिङ तामाङले ८४, उमेश पाठकले २३ तथा नारायण भण्डारीले २० मत प्राप्त गरे।

सचिव पदमा बसन्त धिताल १९४ मतसहित विजयी बने। उनका निकटतम प्रतिस्पर्धी शिवराज लामिछानेले ११६ मत प्राप्त गरेका थिए।

जनजाति सदस्यतर्फ छेपोन तामाङ १७२ मतसहित निर्वाचित भए। प्रकाश तामाङले ६४ र लालबहादुर तामाङले ५५ मत प्राप्त गरेका थिए।

महिला सदस्यतर्फ लक्ष्मी पाण्डे (२५७), जानुका सापकोटा (१८६) र राधिका रिमाल (१४०) निर्वाचित भएका छन्। मनिता खनालले ११५ मत प्राप्त गरिन्।

खुला सदस्यमा विपना पाण्डे १२८ मतसहित निर्वाचित भइन्। अन्य उम्मेदवारहरूमा भाइराम पोखरेलले ५१, गोविन्द लामिछानेले ४९, विष्णुप्रसाद अधिकारीले २३ तथा नलराज अधिकारीले ३३ मत प्राप्त गरे।

खुला सदस्यतर्फ गोकर्ण रोक्का निर्विरोध निर्वाचित भएका थिए। खुला सदस्य समूहबाट सुभाष भण्डारी ९७ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी दिलबहादुर शाक्यले ६९, सोमेश लामाले ४९, दीपक रिजालले ४५ तथा रुपेश सिंह राजपुतले २७ मत प्राप्त गरेका थिए।

लेखकको बारेमा

सुनील श्रेष्ठ

ट्रेन्डिङ