जेठ १५, विदुर । आजदेखि नुवाकोटमा राष्ट्रिय परीक्षा बोर्डको आयोजनामा तीनदिने स्तरीकृत परीक्षाका लागि प्रश्न निर्माण सिप विकास तथा नतिजा विश्लेषण सम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ।
कार्यक्रममा विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले शिक्षाको गुणस्तर अभिवृद्धि र प्रभावकारी मूल्याङ्कन प्रणाली विकासमा जोड दिए ।
कार्यक्रममा नुवाकोटका विदुर र बेलकोटगढी नगरपालिकासहित ६ जिल्लाका माध्यमिक तह कक्षा ९ देखि १२ सम्म अध्यापन गराउने अंग्रेजी, गणित, विज्ञान तथा प्रविधि विषयका शिक्षकहरूको सहभागिता रहेको छ।
प्रशिक्षणको उद्देश्य स्तरीकृत परीक्षा प्रणालीलाई प्रभावकारी बनाउनु, प्रश्न निर्माण क्षमतामा सुधार ल्याउनु तथा परीक्षाको नतिजा विश्लेषण सम्बन्धी सीप विकास गर्नु रहेको छ।
नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ नेपालको सहकार्यमा सञ्चालन भइरहेको प्रशिक्षण जेठ १७ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया