+
Search

ताजा अपडेट +

पपुलर +

गुडविल एकेडेमीद्वारा एसइईका विद्यार्थीहरूलाई सम्मान

एसईईमा शतप्रतिशत नतिजा

Goodwill Academy Nuwakot honors SEE students
डबली खबर
१ घण्टा अगाडी

जेठ १५, पिपलटार । नुवाकोटको गुडविल एकेडेमीले एसइई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्न सफल आफ्ना विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

शुक्रबार एकेडेमीमा आयोजित एक कार्यक्रममार्फत् उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरिएको हो ।

विदुर नगरपालिका–५ मा रहेको एक मात्र संस्थागत विद्यालय सो एकेडेमीले यस वर्षको परीक्षामा शतप्रतिशत नतिजा हासिल गरेको छ। एकेडेमीबाट १२ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए।

एकेडेमीका प्रधानाध्यापक रामराजा कुमालका अनुसार सहभागीमध्ये पाँच जना विद्यार्थीले ‘ए प्लस’, चार जनाले ‘ए’ ग्रेड तथा तीन जनाले ‘बि प्लस’ ग्रेड प्राप्त गरेका छन्। विद्यालयले उत्कृष्ट नतिजासँगै शैक्षिक उपलब्धि कायम गरेको जनाएको छ।

कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष लिलानाथ न्यौपाने, प्याब्सन बागमती प्रदेश समितिका सदस्य सुनिल श्रेष्ठ, नुवाकोट प्याब्सनका पुर्वअध्यक्ष ताराबहादुर कार्की, प्याब्सन नुवाकोटका सचिव रामजी भट्टलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा परीक्षामा शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल शिक्षकहरुलाई समेत नगद पुरस्कारसहित सम्मान गरिएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ