+
Search

ताजा अपडेट +

पपुलर +

धितो रोक्का फुकुवा अब अनलाइनबाटै मात्र हुने व्यवस्था

डबली खबर
३ महिना अगाडी

३० वैशाख, नुवाकोट । भूमि प्रशासन कार्यालय नुवाकोटले बैंक तथा वित्तीय संस्थाहरूसँग सम्बन्धित धितो बन्धकीको रोक्का र फुकुवा प्रक्रियामा डिजिटलाईज गरेको छ।

कार्यालयले एक सूचना जारी गर्दै आगामी जेठ १ गतेदेखि सम्पूर्ण कार्यहरू अनिवार्य रूपमा अनलाइन प्रणालीबाट मात्र गरिने जनाएको छ।

सरकारको शासकीय सुधार सम्बन्धी कार्यसूची अन्तर्गत परिणाममा आधारित शासकीय प्रबन्ध लागू गर्ने लक्ष्यका साथ यो कदम चालिएको हो। नयाँ व्यवस्थाले सेवाग्राहीलाई छिटो र सहज रूपमा सेवा उपलब्ध गराउनुका साथै सेवा प्रक्रियालाई अनुहारविहीन, समयबद्ध र पूर्ण डिजिटल बनाउने विश्वास कार्यालयले लिएको छ।

उक्त प्रणालीले मालपोत कार्यालयहरूमा हुने भीडभाड कम गर्ने र प्रशासनिक पारदर्शीता बढाउने अपेक्षा गरिएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ