+
Search

ताजा अपडेट +

पपुलर +

ग्लोबल आइएमईले ‘ह्याकाथन’ गर्ने

डबली खबर
३ हप्ता अगाडी

१८ चैत, नुवाकोट । ग्लोबल आइएमई बैंकले प्रविधिको प्रबर्द्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्ने भएको छ ।

बैंकले कृक्रिम बुद्धिमत्ता (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ‘ह्याकाथन’ को दोश्रो संस्करण आगामी जेठ १५ र १६ गते आयोजना गर्ने जनाएको छ ।

उक्त प्रतियोगितामा सहभागी हुन प्रविधिमा रुची राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डेटा वैज्ञानिक, अनुसन्धानकर्ता तथा प्रविधि क्षेत्रका पेशाकर्मीहरुका लागि आवेदन खुल्ला गरिएको छ ।

प्रतियोगितामा सहभागी हुन वैशाख २१ गतेभित्र बैंकको वेबसाइटमार्फत् आवेदन दिन सकिनेछ ।

ह्याकाथन प्रतियोगिताले प्रविधिमा रुची राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डेटा वैज्ञानिक, अनुसन्धानकर्ता तथा प्रविधि क्षेत्रका पेशाकर्मी र सम्भावित नविनतम् प्रविधिमा आधारित बैंकिङ्ग सेवाको विकासमा उल्लेख्य सहयोग पुगेको बैंकको विश्वास छ । यसका साथै यस ह्याकाथनले डिजिटल बैंकिङमा आउने नवीनतम् सेवा विकास र सम्भावित चुनौतिको समाधान खोज्न समेत सहयोग पुग्नेछ ।

प्रतियोगितामा सहभागी प्रतिस्पर्धीहरुले दि अटोनोमस क्रेडिट एण्ड लेन्डिङ्ग अर्केस्ट्रेटर, एजेन्टिक फ्रड डिटेक्शन, दि मल्टिलिङ्गुअल भ्वाइस बैंकिङ सहायक, सेन्टिनेल्स अफ द नेटवर्क– एआई ड्रिभन इन्टुजन डिटेक्शन (आईडीएस) लगायत बैंकले तोकेका विषयहरुमा केन्द्रित रही आफ्ना अबधारणाहरु प्रस्तुत गर्नुपर्ने जनाएको छ ।

उत्कृष्ट टोलीलाई नगद पुरस्कारका साथै बैंकसँग सहकार्य गर्ने अवसर समेत प्रदान गरिनेछ ।

प्रविधिमैत्री वित्तीय सेवाहरु प्रवद्र्धन गर्न र डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी बनाउदै नविनतम् अबधारणाहरुलाई प्रोत्साहित गर्न यस ह्याकाथनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले लिएको छ ।

बैंकले गतवर्ष नेपालको बैंकिङ क्षेत्रमा पहिलो पटक एआई÷एमएल ह्याकाथन पहिलो संस्करण आयोजना गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ